गोली प्रहारबाट प्रधानाध्यापकको हत्या: हत्याका योजनाकार एकजना पक्राउ

बारा- बारामा प्रधानाधापकको हत्यामा संलग्न एक जना पक्राउ परेका छन । घटनामा सम्लग्न एक याेजनाकार पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताउनु भएको छ ।
जिल्लाको सदरमुकाम कलैयामा दिन दहाडै निजी बिद्यालयका प्रधानाध्यापक माथि गोली प्रहार गरी हत्या भएको थियो।
सदरमुकाम कलैया वडा नम्बर ६ मा मोटरसाइकलमा आएका तीन अज्ञात समुहले बाल एकता बोर्डिङका प्रधानाध्यापक रुपेश स्वर्णकारलाई दिन दहाडै गोली प्रहार गरी हत्या गरेका हुन ।
स्वर्णकार अन्नपूर्ण स्विट्स बाट मिठाई किनेर मोटरसाइकलमा बिधालय फर्किरहेका बेला अज्ञात समुहले छाती, टाउकोमा गरी चार राउन्ड गोली प्रहार गरी फरार भएका हुन ।
कलैया मदर्शा टोल जाने बाटोमा स्वर्णकार माथि गोली प्रहार भएको प्रत्यक्षदर्शीहरुले बताएका छन ।
प्रादेशिक अस्पताल कलैयामा उपचार हुन नसकेपछि उनलाई बयोधा अस्पताल बिरगन्जमा पुर्याइएको थियो । अस्पतालमै उहाँको मृत्यु भएको हो ।
अस्पतालमै रहेका प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले अस्पतालले मृत्यु घोषणा गरेको जानकारी दिनुभएको थियो । उहाँले चारैतिरका सिसिटिभी हेर्ने, सिमा सिल गर्ने लगायतका अपराधिहरुलाई पक्राउ गर्न सबै उपाय अपनाइएको र थप अनुसन्धान भइरहेको बताउनु भएको छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २२, शुक्रबार १३:०५डी सिने अवार्ड सम्पन्न,’अन्जिला’ ले जित्यो उत्कृस्ट निर्देशक र फिल्मको अवार्ड
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २१, बिहीबार २१:२३‘बाः एक योद्धा’ मा सागर, शिशिर, सुप्रिया र शवि
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २१, बिहीबार २१:०४पर्यटनमार्फत समृद्ध जुगल बनाउने युवाको अभियान : प्रविण श्रेष्ठको नेतृत्वमा गार्डियन्स ग्रुपद्वारा जुगल बेस क्याम्पको सफल अन्वेषण
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ २१, बिहीबार २०:५९विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल « रिपोर्टर्स नेपाल









