पोल्याण्डको सुन्दर शहर रोस्लाभमा ‘शुभ दिपावली विशेष कार्यक्रम २०८०’ हुँदै

काठमाडौँ। चाडबाड बिसेष पारेर नेपाली सांस्कृतिक कार्यक्रम विदेशमा हुने लहर नै चलेको छ। यसै क्रममा पोल्याण्डको सुन्दर शहर रोस्लाभमा यहि नोभेम्भर १२ तारिखमा पहिलो पटक नेपाली सांस्कृतिक कार्यक्रम हुने भएको छ। दिपावलीको अवसरमा लक्ष्मी पुजाको दिन ‘शुभ दिपावली विशेष कार्यक्रम २०८०’ हुन लागेको हो। कार्यक्रम प्रवासी नेपाली मंच पोल्याण्डले आयोजना गरेको हो। कार्यक्रममा लोकप्रिय गायिका शर्मिला बर्देवा,लोक गायक रबिन लामिछाने,गायक सन्तोष अधिकारीको साथमा लोकप्रिय संचारकर्मी नरेश भट्टराईको सहभागिता रहनेछ।
कार्यक्रममा गायक गायिकाले आफ्ना लोकप्रिय गीत मार्फत उपस्थित दर्शकलाई मनोरंजन दिनेछन्। कार्यक्रमका आयोजक प्रवासी नेपाली मंच पोल्याण्डका अध्यक्ष इश्वर देवकोटाका अनुसार कार्यक्रममा निशुल्क प्रवेश रहनेछ। नेपाली चाडबाडको अवसरमा रोस्लाभमा पहिलो पटक हुन लागेको कार्यक्रममा नेपाली एक हौं भन्ने संदेश बिस्वसामु पुर्याउनुका साथै आपसी सदभाव बढाउने उदेश्य रहेको छ। थोरै नेपालीको बसोबास रहेको शहर रोस्लाभमा भएका नेपालीहरुलाई एकजुट बनाउने साथै तिहार मनाउने कार्यक्रमलाई सभ्य र भब्य बनाउनको लागी पोल्याण्डमा लामो समय देखि बस्दै आएका लक्ष्मण घिमिरेले बिसेष सहयोग गरेका छन्।

कार्यक्रम ब्यबसायिक नभई सामाजिक रुपमा आयोजना गर्न लागिएको आयोजकले बताए। प्रवासी नेपाली मंच पोल्याण्डका अध्यक्ष इश्वर देवकोटा बिगत आठ बर्ष देखि पोल्याण्डमा रही नमस्ते नेपाल रेस्टुरेन्ट र नमस्ते गोरखा रेस्टुरेन्ट संचालन गरि रहेका छन्। देवकोटा ब्यबसाय संगै बिभिन्न सामाजीक कार्यमा पनि सक्रिय रहँदै आएका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ९, शनिबार ०७:०१हैदरावाद ५५ रनले विजयी « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ८, शुक्रबार २२:५९क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव
खेलकुद२०८३ जेष्ठ ८, शुक्रबार १७:३३अमेरिकाविरुद्धको खेलमा नेपालले सहज जित
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:१५चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक









