नीताको ‘म हुँ सृष्टिको फक्ताङलुङ’ मा मौसमी मल्ल

नीताको ‘म हुँ सृष्टिको फक्ताङलुङ’ मा मौसमी मल्ल


काठमाडौं । अभिनेत्री मौसमी मल्ल लामो अन्तरालपछि गायिका नीता आचार्यको नयाँ गीत ‘म हुँ सृष्टिको फक्ताङलुङ’ को म्युजिक भिडियोमार्फत दर्शकमाझ फर्किएकी छन्।

गोविन्द राईको निर्देशनमा तयार भएको भिडियोमा मौसमीलाई नेपाली मौलिक भेषभूषामा आकर्षक रूपमा प्रस्तुत गरिएको छ। नेपालको इतिहास, संस्कृति र पहिचान झल्काउने विभिन्न पात्रमार्फत उनको अभिनयलाई विशेष ढंगले उतारिएको छ, जसले भिडियोलाई अझ प्रभावशाली बनाएको छ।

मनमोहक प्राकृतिक दृश्यमा छायांकन गरिएको भिडियोले दर्शकको ध्यान खिच्ने विश्वास निर्माण टिमको छ। लामो समयपछि म्युजिक भिडियोमार्फत दर्शकमाझ आउन पाउँदा आफू उत्साहित रहेको मौसमीले बताएकी छन्।

मौसमीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू हाल नेपालमै रहेको जानकारी पनि दिएकी छन्। निर्माण पक्षका अनुसार, उनको सशक्त अभिनयले दर्शकको मन जित्ने विश्वास गरिएको छ।

गीतमा मनु लोहोरुङ राईको शब्द, साज सिंहको संगीत तथा एरेन्ज रहेको छ। सुरज प्रधानले रेकर्डिङ गरेका हुन् भने भिडियोका सिनेमाटोग्राफर हिमाल श्रेष्ठ हुन्। सम्पादन सन्देश शाह, कलर ग्रेडिङ राजेन्द्र मोक्तान, भीएफएक्स सत्यम राना, डीओपी सौरभ लामा तथा ड्रोन छायांकन विशालले गरेका छन्।

‘म हुँ सृष्टिको फक्ताङलुङ’ को म्युजिक भिडियो नीता आचार्यको आधिकारिक युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  ‘चमेलीको पोइ’ मा सुरक्षा चमेली बन्दा शेरे बने मुकुन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   5   =