Home खेलकुद नेपालका लागि विश्वकपमा छनोट हुन आजको खेल महत्वपुर्ण

नेपालका लागि विश्वकपमा छनोट हुन आजको खेल महत्वपुर्ण

13
0

काठमाडौं- आईसीसी पुरुष टी ट्वान्टी विश्वकपको एसिया छनोटको सेमिफाइनल खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । समूहको उपविजेता बनेर सेमिफाइनलमा नेपालले यूएईलाई प्रतिद्धन्दीको रुपमा पाएको हो ।

फाइनल प्रवेशका लागि नेपालले मुलपानी क्रिकेट मैदानमा आज बिहान ११ बजे यूएईसँग भिड्दैछ । नेपाललाई फाइनल प्रवेश मात्र हैन विश्वकपमा छनोट हुन समेत आजको खेल महत्वपुर्ण छ । सेमिफाइलनमा जित हासिल गरेको खण्डमा मात्र नेपाल अर्को वर्ष हुने टी ट्वान्टी विश्वकपमा छनोट हुनेछ ।

छनोट चरणको फाइनल पुग्ने दुई टिम मात्र टी ट्वान्टी विश्वकपमा छनोट हुने भएकाले आजको खेल नेपाल र यूएई दुवैका लागि महत्वपुर्ण छ ।

नेपालले समूह बीको विजेता यूएईलाई सेमिफाइलनको प्रतिद्धन्दीको रुपमा पाएको हो । नेपालले समूह चरणमा सिंगापुर र मलेसियालाई पराजित गरेपनि अन्तिम खेलमा ओमानसँग पराजित हुन पुग्यो ।

ओमानसँग पराजित बनेपछि नेपालले एसोसियट राष्ट्र मध्य बलियो मानिएको यूएईलाई प्रतिद्धन्दीको रुपमा पाएको हो । आजको खेलको नतिजाले नेपालको टी ट्वान्टी विश्वकपको आगामी यात्राको टुङ्गो लगाउनेछ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleगणतन्त्र उल्टाउने सपना नदेख्दा हुन्छ, प्रतिगामी षड्यन्त्र परास्त गर्छौं: प्रधानमन्त्री
Next articleबालबालिकालाई भिटामिन ‘ए’ र जुकोको औषधि खुवाइँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here