मन्त्रीपरिषदको बैठक: राष्ट्रपतिको फ्रान्स, जर्मनी र इटलीको भ्रमण स्वीकृत

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल कार्तिक २२ गते फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा सहभागि हुन पेरिस जाने हुनु भएको छ ।
कार्तिक १६ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिपतिको भ्रमण स्विकृत गरेको हो ।
राष्ट्रपति पौडेल पेरिस पछि संघीय गणतन्त्र जर्मनी र इटलीको भ्रमण गरी मंसिर १ गते स्वदेश फर्कने कार्यक्रमलाई सरकारले स्विकृति प्रदान गरेको छ ।
त्यसैगरी बैठकले पशु स्वास्थ तथा पशु सेवा व्यवसायी परिषद्ले गर्नु पर्ने कामका लागि स्वास्थ्य तथा पशु सेवा समिति गठन गर्ने लगायतका निर्णयहरु गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनु भयो ।
त्यसैगरी बैठकले नेपाल इन्जिनlयरिङ सेवाका बिष्णुबाबु पुडासैनी र प्रशासन सेवातर्फ राधिका अर्याललाई सचिव पदमा बढुवा गरेको छ ।
बैठकले निमा तामाङको नाममा झुठो विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय कालिकोटबाट वंशजको आधारमा जारी भएको नागरिकता र देवराज धमलाको नाममा झुटो विवरण पेश गरी कालिकोटबाट जारी भएको नागरिकता रद्ध गरी नेपाली नागरिकबाट हटाउने निर्णय गरेको छ ।
त्यसैगरी, बैठकले युएईमा आयोजना हुने सम्मेलनमा सहभागी हुन उपप्रधान एवं रक्षामन्त्री पूर्ण बहादुर खड्का नेतृत्वको टोलीलाई स्वीकृती प्रदान गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी, बैठकले चीनको संघाइमा संचालन हुने छैठौं चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन उद्योग मन्त्री रमेश रिजाललाई स्वीकृती प्रदान गरेको छ ।
कात्तिक २० र २१ गते चीनमा आयोजना हुने सम्मेलनमा सहभागी हुन शिक्षा राज्यमन्त्री नेतृत्वको टोलीलाई पनि स्वीकृत गर्ने निर्णय गरेको छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ बैशाख २, बुधबार १०:४७दिल्लीमा पुगेर बाबुरामले भने–’जेनजीको शक्तिशाली प्रदर्शनबाट ठुला दलहरूको सरकारलाई ढालेरै छाड्यो’
समाचार२०८३ बैशाख २, बुधबार १०:२९समानुपातिक सांसदसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
समाचार२०८३ बैशाख २, बुधबार ०७:५७बाघ बच्छला मन्दिर चुलीको नवनिर्मित भवनको उद्घाटन
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १, मंगलवार २०:४९कमेडी दरबार’ सिजन ३ सुरु, नयाँ कलाकार र सेटसहित फर्कियो शो








