आशिफलाई ‘दिमाग खराब म्यान अफ द म्याच र बेस्ट सर्ट्स अफ द डे’

काठमाडौं। आगामी टिट्वान्टी क्रिकेट विश्वकपको अभुतपूर्व यात्रामा प्रवेश गर्न सफल नेपाली टोलीका लागि उच्च स्तरीय प्रदर्शन गरेका खेलाडीलाई निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’ निर्माण पक्षले आफ्नो पूर्व घोषित नगद पुरस्कार प्रदान गरेको छ ।
युएईसँगको म्याचमा ‘दिमाग खराब म्यान अफ द म्याच’ र ‘बेस्ट सर्ट्स अफ द डे’का लागि आशिफ शेखलाई नगद पुरस्कार प्रदान गरेको छ । यी दुई शीर्षकमा शेखले क्रमशः ५० तथा १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । उनलाई ‘म्यान अफ द म्याच’को पुरस्कार चलचित्रका प्रमुख अभिनेता खगेन्द्र लामिछाने तथा सुमन कार्कीले प्रदान गरे भने अभिनेत्री स्वस्तिमा खड्का बेस्ट सर्ट्स अफ ट डेको पुरस्कार प्रदान गरिन् ।
यस्तै अभिनेत्री सुपुष्पा भट्टले २५ हजार नगद राशीको ‘माइलस्टोन अफ द डे’को पुरस्कार बलर सोमपाल कामीलाई प्रदान गरिन् । सोमपालले आजको खेलमा एक विकेट र एक रनआउट गराएका थिए । आज मुलपानी क्रिकेट मैदानमा भएको सेमिफानल खेलमा नेपालले युएईलाई ८ विकेटले पराजित गरेको छ ।

युएईलाई पराजित गरेसँगै नेपाल विश्वकप टिट्वान्टी आइसिसि एसिया छनौटको फाइनलमा पुगेको छ । फाइनलमा पुगेसँगै नेपाल अगामी वर्ष वेस्टइन्डिज र अमेरिकामा हुने विश्वकपमा छनौटसमेत भएको छ । नेपालले विश्वकप छनौटको फानल खेल भोलि ओमानसँग खेल्नेछ ।
सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको चलचित्र राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो ।
चलचित्रमा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् । सिनेमामा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन ५, सोमबार ११:४१झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
कला, विचार/मनोरञ्जन२०८३ आश्विन ५, सोमबार ०८:३५चलचित्र ‘चमेलीको पोइ’ को ट्रेलर सार्वजनिक » Celebrity Nepal
समाचार२०८३ आश्विन ५, सोमबार ०७:५५वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
समाचार२०८३ आश्विन ५, सोमबार ०७:२१डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा









