‘छ माया छपक्कै २’को पोस्टरमा दीपकराज गिरी बाँसुरीसँग, दुवैतिर गर्भवती केकी र सनिशा

‘छ माया छपक्कै २’को पोस्टरमा दीपकराज गिरी बाँसुरीसँग, दुवैतिर गर्भवती केकी र सनिशा

पोस्टरको प्रस्तुतिले चलचित्रमा पारिवारिक सम्बन्ध, हास्य र परिस्थितिजन्य घटनालाई मुख्य विषय बनाइएको संकेत गर्छ।


सेलिब्रेटी नेपाल। दीपकराज गिरी स्टारर चलचित्र ‘छ माया छपक्कै २’ को पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरले फिल्मको कथावस्तुबारे विभिन्न जिज्ञासा जन्माउँदै दर्शकको ध्यान खिचेको छ। निर्माण टिमले फिल्म आगामी असोज ३१ गते फूलपातीका दिनदेखि प्रदर्शनमा आउनेसमेत जनाएको छ।

सार्वजनिक पोस्टरको केन्द्रमा दीपकराज गिरी बाँसुरी बजाउँदै देखिएका छन्। उनको दायाँ र बायाँतर्फ अभिनेत्री केकी अधिकारी र सनिशा भट्टराईलाई गर्भवती महिलाको भूमिकामा प्रस्तुत गरिएको छ। पोस्टरमा देखाइएको यो अनौठो संयोजनले फिल्मको कथालाई लिएर कौतूहलता थपेको छ।

पोस्टरको प्रस्तुतिले चलचित्रमा पारिवारिक सम्बन्ध, हास्य र परिस्थितिजन्य घटनालाई मुख्य विषय बनाइएको संकेत गर्छ। विशेषगरी एउटै पोस्टरमा दीपकराजसँगै केकी र सनिशालाई गर्भवती चरित्रमा देखाइनुले उनीहरूबीचको सम्बन्ध र त्यसबाट उत्पन्न हुने परिस्थितिबारे दर्शकमा उत्सुकता बढाएको छ। आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्म्स र आईएमईको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता रोहित अधिकारी हुन्। दीपेन्द्र लामाको निर्देशन रहेको फिल्ममा निर्मल शर्मा र सुरज बम ठकुरी कार्यकारी निर्माता छन्।

दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराईसँगै अन्य कलाकारलाई समेत पोस्टरमा स्थान दिइएको छ। पोस्टर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा फिल्मको चर्चा सुरु भएको छ। दशैंको फूलपातीलाई लक्षित गर्दै प्रदर्शनमा आउन लागेको ‘छ माया छपक्कै २’ ले पारिवारिक दर्शकमाझ हास्य र मनोरञ्जनको स्वाद पस्किने निर्माण पक्षको विश्वास छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  ‘जदौ’को ट्रेलर सार्वजनिक, अन्तरजातीय सम्बन्धको कथा
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   6   =