पूर्वप्रधानमन्त्री ओलीद्वारा शाहको कवितासङ्ग्रह ‘अनुराग’ लोकार्पण

काठमाडौं। गीतकार साहित्यकार अनु शाहको कवितासङ्ग्रह ‘अनुराग’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक विशेष समारोहबीच शाहको कवितासङ्ग्रह पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो । मिलाप मासिक र अनुराधा फिल्मस् इन्टरनेशनल प्रालिको आयोजनामा भएको कार्यक्रममा लोकार्पित पुस्तकमा वरिष्ठ साहित्यकार एवं हिमालय टाइम्स दैनिकका प्रधान सम्पादक प्रा. पुरुषोत्तम दाहाल र साहित्यकार तथा वरिष्ठ चलचित्रकर्मी प्रकाश सायमीले कृतिको समीक्षा गरेका थिए ।
प्रा. दाहालले रुसी कवि पुस्किनको कविताका पंक्तिको चर्चा गर्दै अनुसँग यी पंक्ति मिल्ने सुनाए । उनले साहित्यकार, कलाकार, सम्पदाककर्मी, भाषासेवी, लेखक र संस्कृतिकर्मीलाई राष्ट्रका गहना भनेर सम्बोधन गर्ने प्रचलन रहेको भन्दै आफू यो भनाइमा सहमत नभएको धारणा राखे । उनले भने, ‘कलाकार, साहित्यकार, लेखक, भाषासेवी, सम्पदाकर्मी, संस्कृतिकर्मी सबै नै राष्ट्रका स्पन्दन हुन् । राष्ट्रलाई बचाउने प्राण हुन् । राष्ट्रका धड्कन हुन्,’ उहाँले भन्नुभयो, ‘गहना, आभूषण भनेर मन लागे लगाउने, नलागे फुकालेर राख्ने वस्तु जस्तो यी ‘स्पन्दन’ होइनन् । मेरो आग्रह छ लेखक, साहित्यकार, कलाकार, भाषासेवी, सम्पदाकर्मी, संस्कृतिकर्मीलाई आभूषण नभनौं यी स्पन्दन हुन् धुकधुकी हुन् ।’
प्रमुख अतिथि पूर्वप्रधानमन्त्री ओलीले कृतिमा रहेका कविताको चर्चा गर्दै अनुका कविताको तारिफ गर्नुभएको थियो । उहाँले अनुको स्वास्थ्यलाभको कामना गर्दै आत्म विश्वास सबैभन्दा ठूलो ओखती रहेको अनुभव सुनाउनुभयो । आफ्नो स्वास्थ्यको अनुभव सुनाउँदै उहाँले पछिल्ला खोज अनुसन्धानले जटिल रोगहरू पनि निको हुँदै गएको बताउनुभयो । कतिपय आफ्ना कुरालाई नबुझेर विरोध गर्नका लागि मात्रै चर्चामा ल्याउने गरेको उहाँको भनाइ थियो । फरक प्रसंगमा उहाँले कम्बोडियामा तीन हजार करोड लगानी गरेको पत्ता लगाउन चुनौती दिनुभएको थियो । अध्यक्ष ओलीले सो कुरा सही ठहरिए एक हजार थपेर दिने चुनौती दिनुभएको हो । ‘कम्बोडियामा तीन हजार करोड मैले राखेको छु भने धेरै नाफा हुने बिजनेस दिन्छु, ‘देशको यत्रो पैसा लुकाएको रहेछु भने पत्ता लगाउनुहोस्, धेरै त छैन एक हजार रुपैयाँ थपेर सबै दिन्छु ।’ आफू र एमालेलाई बदनाम बनाउन विदेशमा पैसा लगानी गरेको छ भन्नेजस्ता आरोप लगाइने गरिएको ओलीको भनाइ थियो ।
प्रकाशकका तर्फबाट अनु शाहका श्रीमान् सूर्य चन्दले स्तन क्यान्सरबाट पीडित रहनुभएकी आफ्नी श्रीमतीलाई थाहै नदिइकन यो पुस्तक तयार पारेको बताए । उनले अनुलाई सप्राइज दिनका लागि पुस्तक तयार गरेको भए पनि पछि जानकारी गराएको सुनाए । क्यान्सरसँग लडनका लागि अनुलाई यो पुस्तकले थप हौसला मिलेको उनको भनाइ थियो ।
मिलाप मासिकका सम्पादक कृष्ण भुसालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा नेपाल फिल्म सोसाइटीका अध्यक्ष एवं वरिष्ठ अभिनेता कृष्ण मल्लले अनु एक कुशल कलाकार पनि भएको सुनाउँदै कविता कृृतिको चर्चा गरेका थिए।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २२, आईतवार ११:१३गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित
समाचार२०८२ चैत्र २२, आईतवार १०:४६पोखरामा ‘संस्कृत भजन वाटिका’
समाचार२०८२ चैत्र २२, आईतवार ०९:१८पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २२, आईतवार ०८:५५७ वर्षपछि सुशील पोखरेलको दमदार कमब्याक : ‘परालको आगो’ प्रति बढ्दो अपेक्षा








