भुकम्पको कारण जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको संख्या १३७ पुग्यो

जाजरकोट,१८ कार्तिक
भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ । दिउँसो १ बजेको अपडेट अनुसार जाजरकोटमा मात्र ६९ महिला र ३० पुरुष गरी ९९ जनाको मृत्यु भएको छ । त्यसैगरी रुकुम पश्चिममा १९ महिला र १९ पुरुष गरी ३८ जनाको मृत्यु भएको हो । दुवै जिल्लाको मृतकको सङ्ख्या जोड्दा १३८ पुगेको हो ।
त्यस्तै जाजरकोटमा ८१ जना घाइते भएका छन् भने रुकुम पश्चिममा ७५ जना घाइते भएका छन् । भूकम्पबाट दैलेखमा २, सल्यानमा १ र जुम्लामा ५ जना घाइते भएका छन् । गएराति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २८, आईतवार १२:२९पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड
खेलकुद२०८३ असार २८, आईतवार ११:०२आज किन कालो पट्टी बाँधेर मैदान उत्रिए अर्जेन्टिनी खेलाडी?
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै









