खनियावास गाउँपालिकाले भुकम्प प्रभावितहरुको लागि आर्थिक सहयोग गर्ने

धादिङ,२१ कार्तिक
धादिङको खनियावास गाउँपालिकाले भुकम्प प्रभावितहरुको लागि आर्थिक सहयोग गर्ने भएको छ।शुक्रबार राती जाजरकोट केन्द्र विन्दु बनाएर गएको भुकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका प्रभावितहरुको लागि आर्थिक सहयोग गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङले बताउनु भएको छ।खनियावास गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा जम्मा हुने गरि रकम जम्मा गर्ने भएको हो।
खनियावास गाउँपालिकाका जनप्रतिनिधिहरुको १० दिन बराबरको सेवा सुबिधा,अधिकृतस्तर कर्मचारी र मा.वि.शिक्षकको ५दिन बराबरको पारिश्रमिक र सहायकस्तर तथा श्रेणी बिहिन कर्मचारी र अन्य शिक्षकहरुको ३ दिन बराबरको पारिश्रमिक राहत स्वरूप आर्थिक सहयोग उपलब्ध गराउने भएको हो।
गाउँपालिकाले भूकम्पका कारण मृत्यु भएका नागरिक प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ।शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ भने १६५ जना घाईते भएका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ३१, आईतवार ११:४८अष्ट्रेलियाकाे विजयी सुरुआत « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ३१, आईतवार ११:१५रौतहटमा एकैदिन पाँच सयको आँखा परीक्षण
समाचार२०८३ जेष्ठ ३१, आईतवार ०७:५०विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
खेलकुद२०८३ जेष्ठ ३०, शनिबार २१:०३वर्ल्डकपमा मेरो फेभरेट देशले खेलेकै छैन: प्रधानमन्त्री « रिपोर्टर्स नेपाल








