निकेशको तिहार गीतमा आयुष्मा (भिडियो)

काठमाडौं। यो वर्षको तिहार नजिकिँदै छ । यसै क्रममा धमाधम तिहार गीतहरु रिलिज भएका छन् । यही मेसोमा तिहार गीत मार्फत मिसेस वर्ल्ड नेपाल २०२३ की प्रतियोगी आयुष्मा राई दर्शकमाझ आएकी छिन् । आफ्नो अभिनय रहेको नयाँ गीत देउसी र तिहार (तिहारै आयो) को उनले आफु सहित आफ्ना साथीहरु तथा मिसेस नेपाल वल्र्ड २०२३ का प्रतियोगीहरुबाट सामुहिक रुपमा लोकापर्ण गराएकी छिन् ।
यो तिहार गीतलाई गायक निकेश राई सहितको टिमले गाएका हुन् । आयुष्मा र मिसेस वल्र्ड नेपालका प्रतियोगीहरुसहित यो गीतलाई मँगलबार काठमाडौंको अर्याल होटलमा एक समारोहबीच बृटिस आर्मीका मेजर योगेश कोयी राई, कलाकार अनुषा राई, अनिल कोयी राई, अन्तराष्ट्रिय कोरियोग्राफर अश्विनी कान्त झालगायतले सँयुक्त रुपमा लोकार्पण गरेका हुन् ।
बिमोचन कार्यक्रमका आयोजक मेजर योगेश कोयी राईलगायतले मिसेस नेपाल वल्र्ड २०२३ का प्रतियोगीहरुलाई सफलताको शुभकामना दिँदै उनीहरुको हातबाट यो गीतको भिडियो लाकोर्पण गराएका हुन् । गायक निकेश राईकै शब्द संगीतमा यो तिहार गीत तयार भएको हो । यो वर्षको तिहारलाई लक्षित गरेर नयाँ तिहार गीत ‘देउसी र भैलो ( तिहारै आयो)’ दर्शक श्रोतामाझ ल्याएको बिमोचन समारोहमा निकेशले बताए । यो गीतमा आफु सहित कुसुम गुरुङ, सविन शंकर, राजु बाराकोटी, नौली याम्फु, कैलाश विक, सुशील भट्टराईलगायतको स्वर रहेको पनि गायक निकेशले कार्यक्रममा जानकारी गराए । यो गीतमा सुशील भट्टराईको संगीत संयोजन, राजु कार्कीको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।
मिसेस वल्र्ड नेपालकी प्रतियोगी आयुष्मा राई र मेजर योगेश कोयी राईको मुख्य भूमिका यसमा रहेको छ । यी दम्पत्ति सहित अनुषा राई, अनिल कोयी राईलगायतले यसमा अभिनय गरेका छन् । भिडियोलाई कलाकार अनिल कोयी राईले नै निर्देशन गरेका हुन् । तिहार संस्कृति देउसी भैलो गीत भएको सँस्कृतिमा आधरित रहेर नै आफुले भिडियो बनाएको निर्देशक अनिलले बताए । जसमा मुकेश हुमागाईंको छायाँकन, अमृत चापागाईंको सम्पादन तथा रँग संयोजन, अनिल थुलुङको कोरियोग्राफी रहेको पनि उनले जानकारी गराए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन ५, सोमबार २१:४१फरक शैलीको चंगुलको टाइटल गीत » Celebrity Nepal
कला, विचार/मनोरञ्जन२०८३ आश्विन ५, सोमबार २१:२३‘कबड्डी ५’ को टिजर सार्वजनिक » Celebrity Nepal
समाचार२०८३ आश्विन ५, सोमबार २०:२६राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन ५, सोमबार ११:४१झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने









