‘कबड्डी ५’ को टिजर सार्वजनिक » Celebrity Nepal

सिनेमामा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, रिश्मा गुरुङ र सिर्जना गुरुङ मुख्य भूमिकामा छन् ।
सेलिब्रेटी नेपाल। रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले युट्युबमा सिनेमाको करिब साढे ३ मिनेट लामो टिजर सार्वजनिक गरेको हो ।
सार्वजनिक टिजरमा सिनेमाका मुख्य कलाकार बिके (विजय बराल) को एआईसँगको कनेक्सनलाई रोचक ढंगले प्रस्तुत गरिएको छ । यस्तै, काजी (दयाहाङ राई) र मैयाको इन्ट्री पनि आकर्षक शैलीमा देखाइएको छ । सिनेमामा मैयाको भूमिकामा सिर्जना गुरुङले अभिनय गरेकी छन् ।
त्यसपछि अभिनेता विपीन कार्कीको इन्ट्रीले टिजरलाई थप रोचक बनाएको छ । उनको संवाद बोल्ने शैलीले दर्शकको ध्यान खिच्ने देखिन्छ । अन्तिममा रिश्मा गुरुङको इन्ट्रीसँगै टिजर टुंगिएको छ ।
सिनेमाको टिजर हेर्दा यसअघिकै निरन्तरता अर्थात चौथो शृङ्खलामा जहाँ सिनेमा सकिएको थियो त्यहीबाट नयाँ कथाको सुरुवात गरिएजस्तो देखिन्छ । यस टिजरले दर्शकमाझ एक किसिमको हाइप निर्माण गर्दै दर्शकमाझ सिनेमाप्रति कौतुहल जगाउने निश्चित देखिएको छ ।
विशेषगरी विजय बराल र विपीन कार्कीको क्यारेक्टरका साथै नयाँ मैया बनेकी सिर्जना गुरुङको चरित्रले दर्शकमाझ एक किसिमको कौतुहलता जगाउने देखिन्छ । यसैबीच निर्देशक गुरुङले पनि सिनेमामा अघिल्लो शृंखलाकै कथालाई निरन्तरता दिइएको बताएका छन् । सिनेमा यस वर्ष दशैंको पर्सिपल्ट अर्थात् कात्तिक ६ गतेबाट प्रदर्शनमा आउनेछ ।
सिनेमामा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, रिश्मा गुरुङ र सिर्जना गुरुङ मुख्य भूमिकामा छन् । यी कलाकारसहित पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुधाथोकी, सरोज अर्याल र शेखर चापागाईंले अभिनय गरेका छन् ।
‘कबड्डी ४: द फाइनल म्याच’मा मुख्य भूमिकामा देखिएकी अभिनेत्री मिरुना मगरलाई भने सिनेमाका प्रचार सामाग्रीमा लुकाइएको छ । सिनेमामा उनको भूमिका के-कस्तो भन्ने खुलाइएको छैन् । यसअघि सार्वजनिक गरिएको पोस्टरमा पनि लाई लुकाइएको थियो भने सोमबार सार्वजनिक टिजरमा पनि मिरुनाको मैया पात्र लुकाउँदै दर्शकमाझ कौतुहलता जगाउन खोजिएको छ ।
बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको सिनेमामा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)ले लगानी गरेका छन् । सागर राज कार्यकारी निर्माता रहेको सिनेमामा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन छ ।
सिनेमाको मुख्य सहायक निर्देशकमा सोमनाथ खनाल र तारानाथ न्यौपाने छन् । सिनेमालाई नेपालमा ब्यांकटेश इन्टरटेनमेन्ट एन्ड टी फल्कले वितरण गर्नेछ भने विदेशी वितरणतर्फ सेभेन सिज इन्टरनेसनल रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २६, सोमबार १६:३७बाढी प्रभावितलाई आईएसटी कलेजको सहयोग
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २६, सोमबार ११:५२चलचित्र कलाकार संघको बडादशैं शुभकामना सँगै ‘साथी राइड’ शुभारम्भ
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २६, सोमबार ११:४४‘३६ को आँकडा’को गीतमा रेखा र महेश,पुजा र पुष्प » Celebrity Nepal
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन २६, सोमबार ०७:३५नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन « रिपोर्टर्स नेपाल









