‘आ बाट आमा २’ को टिजरमा पल, विपना र मलिकाको भावुक कथा

दशैँको परिवेशसँगै आमाको पर्खाइ, सन्तानको जिम्मेवारी र पारिवारिक सम्बन्धको संवेदनालाई कथाको केन्द्रमा
काठमाडौँ । प्रतीक्षित नेपाली चलचित्र ‘आ बाट आमा २’ को टिजर सार्वजनिक भएको छ। आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्रको ३ मिनेट ३८ सेकेन्ड लामो टिजर सोमबार सार्वजनिक गरिएको हो।
टिजरमा अभिनेता पल शाह, अभिनेत्री विपना थापा र मलिका महतलाई केन्द्रमा राख्दै आमा–छोराको भावनात्मक सम्बन्धलाई प्रस्तुत गरिएको छ। टिजरमा कृष्णको भूमिकामा रहेका पलले मलिकालाई बोकेर हिँडिरहेको देखिन्छ। आमाको औषधि लिन अस्पताल पुगेका कृष्णले मलिकालाई जीवनभर बोकेर हिँड्ने भाव व्यक्त गर्छन्।
यही क्रममा आमाको फोन आउँदा कृष्णले उठाउँदैनन्। घर फर्किएपछि आमा सुतिरहेको देख्दा उनको मनमा उत्पन्न हुने डर र बेचैनीलाई टिजरमा भावुक ढंगले प्रस्तुत गरिएको छ।
दशैँको परिवेशसँगै आमाको पर्खाइ, सन्तानको जिम्मेवारी र पारिवारिक सम्बन्धको संवेदनालाई कथाको केन्द्रमा राखिएको देखिन्छ। ‘दशैँको जमरा र आमाको पर्खाइको कथा’लाई मुख्य भाव बनाएको चलचित्र विजया दशमीको अवसर पारेर असोज ३० गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।
चलचित्रमा पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, विपना थापा, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडालगायत कलाकारको अभिनय छ।
चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशनमा बनेको चलचित्रको लेखन चन्द्र पन्त र रोशन भट्टले गरेका हुन् भने संवाद रोशन भट्टको रहेको छ। करण सिंह कार्यकारी निर्माता रहेको चलचित्रमा नवराज उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, गम्भीर विष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ।
टिजर तथा ट्रेलर साहिल खानले तयार पारेका हुन्। ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको चलचित्रलाई आरआर फिल्म्सले नेपालभर वितरण गर्नेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ कार्तिक १८, मंगलवार ११:१४पृथ्वी राजमार्ग : मलेखु–मुग्लिङ सडकखण्ड आजपनि बन्द
कला, विचार/मनोरञ्जन२०८३ कार्तिक १८, मंगलवार १०:२५पहिलो संस्करणको काठमाडौं फिल्म फेस्टिभल सम्पन्न, ४० चलचित्र प्रदर्शन
खेलकुद२०८३ कार्तिक १७, सोमबार २१:०५चितवनलाई हराउँदै सुदूरपश्चिम रोयल्सको दोस्रो जित
स्वास्थ्य/जानकारी टिप्स२०८३ कार्तिक १७, सोमबार २०:५९पुस १ देखि स्वास्थ्य बीमा सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य









