‘दिमाग खराब’को मर्मस्पर्शी गीत सार्वजनिक

काठमाडौँ। शुक्रबारबाट प्रदर्शनमा आउने निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’ले आफनो नयाँ गीत रिलिज गरेको छ । बुधबार चलचित्रमा समाबेश ‘हजुरी’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीत जयन जे वाइवाको शब्द-रचना तथा संगीतमा तयार भएको हो ।
गीतमा स्वर पनि उनकै रहेको छ भने महिला स्वरमा मिना निरौलाले साथ दिएकी छन् । गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकार खगेन्द्र लामिछाने र स्वस्तिमा खड्का फिचर भएका छन् भने दयाहाङ राई लगायतका कलाकारलाईसमेत देख्न सकिन्छ ।
आम मानिसको अवस्था परिवर्तनका लागि भएको व्यवस्था परिवर्तन पनि मुठठीभरका मानिसको कठपुतली भईंदिदां भूईंमान्छेले अपन्त्व महशुस गर्न नसकेर कसरी प्रताडित बनिरहन्छ गर्छ भन्ने विषयलाई प्रधान बनाउँदै तयार पारिएको चलचित्रको यो गीतले भुईं मानिसको पीडालाई व्यक्त गरेको छ ।
सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको चलचित्रमा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।
निर्देशक निश्चल बस्नेत र भिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको एक गीतमा विशेष भुमिकामा देखिएका छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको सिनेमा राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो । सिनेमामा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।
सिनेमामा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ३१, बुधबार १९:०९दुई सातामै कृष्णभीरमा नयाँ ट्र्याक,पृथ्वी राजमार्ग सञ्चालनमा
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र ३१, बुधबार १४:०७स्तन क्यान्सर सचेतनाका लागि असोज १७ मा ‘पिंकवाक २०२६’ आयोजना हुँदै, वसन्तपुरदेखि पाटनसम्म पदयात्रा
खेलकुद२०८३ भाद्र ३१, बुधबार ११:४६नेपालले आज जापानसँग भलिबल खेल्दै
खेलकुद२०८३ भाद्र ३१, बुधबार ११:२५अब एकदिवसीय मान्यता जोगाउन नेपाललाई चुनौती









