विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलिया र आयोजक भारतबीच भिडन्त हुने

काठमाडौं- आइसीसी एकदिवसीय विश्वकपको फाइनलमा पाँच पटकको विजेता अस्ट्रेलिया र आयोजक भारतबीचको भिडन्त पक्का भएको छ । अस्ट्रेलियाले दक्षिण अफ्रिकामाथि संघर्षपूर्ण तीन विकेटको जित निकाल्दै विश्वकप क्रिकेटको फाइनल यात्रा तय गरेको हो ।
भारतले पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । उपाधि भिडन्त पर्सि आइतबार हुने छ । अस्ट्रेलिया विश्वकप क्रिकेटको फाइनल पुगेको यो आठौं पल्ट हो । दक्षिण अफ्रिका भने फेरि एकपल्ट सेमिफाइनलमै रोकिएको छ ।
जितका लागि २ सय १३ रनको लक्ष्य पाएको अस्ट्रेलियाले ४७.२ ओभरमा सात विकेट गुमाएर २ सय १५ रन बनाएको हो । त्यस अगाडि डेविड मिलरको शतकको मदतले दक्षिण अफ्रिकाले ४९. ४ ओभरमा सबै विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार १९:२७संविधान बचेको छ,अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न निर्वाचन अवसर – राष्ट्रपति
समाचार२०८२ भाद्र २८, शनिबार १७:२६असल दाम्पत्य जीवन बनाउने यस्ता छन् ६ तरिका
समाचार२०८२ भाद्र २८, शनिबार ०९:३५नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत, मोदीले दिए बधाई
समाचार२०८२ भाद्र २७, शुक्रबार २३:२४नवनियुक्त प्रधानमन्त्री कार्की: ‘निडर स्वभाव र सरल जीवनशैलीको पर्याय’