उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन

काठमाडौं- उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्मको यस पर्वको अन्तिम दिन सूर्य भगवानलाई अर्घ दिएपछि पर्व समापन भएको मानिन्छ ।
सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । हिजो अस्ताउँदो सूर्यलाई अर्घ दिइएको थियो ।
सत्य अहिंसाप्रति मानवको रुची बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको संस्कृतिविद्हरुको भनाइ छ ।
पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक छठ पर्व मनाइने गर्दछ भने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।
महाभारतका अनुसार द्रोपदी सहित पाण्डवहरु अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेका थिए ।
सो समयमा पाण्डवहरु मिथिलाको किराँत राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ २९, बुधबार १३:४९जलवायु परिवर्तनसँगै पूर्वाधार विकास, कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा
खेलकुद२०८२ माघ २९, बुधबार ०८:५१राष्ट्रिय टी–२० क्रिकेट पर्सीदेखि « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८२ माघ २९, बुधबार ०८:३२वैशाख १८ लाई रिलिज डेट तय गर्दै ‘लालीबजार’को टिजर सार्वजनिक
समाचार२०८२ माघ २९, बुधबार ०६:१७उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने








