प्रदीपको अभिनय रहने हिन्दी फिल्म ‘ऐरी’ निर्माण घोषणा

काठमाडौँ । अभिनेता प्रदीप खड्काको अभिनय रहने पहिलो हिन्दि चलचित्र ‘ऐरी’ निर्माणको औपचारिक घोषणा भएको छ । निर्माण युनिटले मंगलबार चलचित्रको पोस्टर र मोसन टिजर सार्वजनिक गर्दै चलचित्रको घोषणा गरेको हो ।
‘ऐरी’ शब्दको अर्थ सिकारी हो । टाइटल एनिमेसनमा बाघ र बाघको पन्जाको नङ्ग्राले पार्ने घाउहरुलाई प्रस्तुत गरिएको छ । यो भिडियोले सिनेमाको कथा बाघको सिकारको सेरोफेरोमा बन्ने संकेत गरेको छ ।
हिन्दीको अलावा दक्षिण भारतीय भाषाहरूमा समेत डबिङ हुने चलचित्र जीवन थापाले निर्देशन गर्न लागेका हुन् । सुवास काले, प्रसान्तकुमार गुप्ता र राजन कुँवरको संयुक्त निर्माणमा चलचित्र बन्न लागेको हो । आगामी वर्ष रिलिज हुने चलचित्र बिग बजेटमा तयार हुने बताइएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन ५, सोमबार ११:४१झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
कला, विचार/मनोरञ्जन२०८३ आश्विन ५, सोमबार ०८:३५चलचित्र ‘चमेलीको पोइ’ को ट्रेलर सार्वजनिक » Celebrity Nepal
समाचार२०८३ आश्विन ५, सोमबार ०७:५५वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
समाचार२०८३ आश्विन ५, सोमबार ०७:२१डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा









