पूर्वी नेपालमा ‘मिचोङ्ग’ आँधीको आंशिक प्रभाव: हिमाली भेगमा आज पनि हिमपातको सम्भावना

काठमाडौं- नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
पूर्वी भू-भागमा बंगालको खाडीको मध्य-पश्चिम क्षेत्र आसपास विकसित शक्तिशाली सामुद्रिक आँधीको समेत आंशिक प्रभाव परेको छ । ‘मिचोङ्ग’ नाम दिइएको सामुद्रिक आँधीको प्रभावले कोशी, मधेश र बागमती प्रदेशको पूर्वी भागसम्म बादल लाग्ने छ । यस्तो अवस्था दुई–तीन दिनसम्म रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । वर्षा र हिमपातसँगै देशभरिको तापक्रममा गिरावट आएको महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका उच्च पहाडी तथा हिमाली भागहरुमा हिजै हिमपात र वर्षा भएको छ । यो हिउँदको पहिलो हिमपात र हिउँदे झरीले कृषि बालीलाई फाइदा पुग्ने भन्दै किसानहरु खुशी भएका छन् ।
तर हिमपात र वर्षाले चिसो बढाएछि भने जनजीवन प्रभावित भएको छ । खासगरी बढेको चिसोले जाजरकोट भूकम्पका कारण त्रिपालमूनी बस्न बाध्य भूकम्पपीडितहरुको जीवनयापन कष्टप्रद भएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २२, शुक्रबार १३:०५डी सिने अवार्ड सम्पन्न,’अन्जिला’ ले जित्यो उत्कृस्ट निर्देशक र फिल्मको अवार्ड
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २१, बिहीबार २१:२३‘बाः एक योद्धा’ मा सागर, शिशिर, सुप्रिया र शवि
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २१, बिहीबार २१:०४पर्यटनमार्फत समृद्ध जुगल बनाउने युवाको अभियान : प्रविण श्रेष्ठको नेतृत्वमा गार्डियन्स ग्रुपद्वारा जुगल बेस क्याम्पको सफल अन्वेषण
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ २१, बिहीबार २०:५९विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल « रिपोर्टर्स नेपाल









