सुशीलको ‘लजाउँदै लजाउँदै’ मा गम्भिर र गीता(भिडियो)

काठमाडौँ। गायक सुशील ज्ञवालीले लजाउँदै लजाउँदै बोलको आफ्नो नविनतम लोकदोहोरी गीत सार्वजनिक गरेका छन्। गायक ज्ञवालीले सुशील ज्ञवाली नामक आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको फरक प्याटनको लोकदोहोरी गीत करिब तीन लाख युट्युब प्रयोगकर्ताले हेरिसकेका छन्। मिठो सुनिने लोकदोहोरीमा गायक ज्ञवालीलाई गायनमा गायिका शान्तिश्री परियारले साथ दिएकी छन्। हरि गिरी विमर्शीको शव्द रचना र संगीत तथा एचबिएन किस्मतको संगीत संयोजन, मिक्सिङ र मास्टरिङ रहेको छ। गीतमाथि रमाइलो ढंगको भिडियो निर्माण गरिएको छ। गम्भिर विष्ट र गीता ढुंगानाले अभिनय र नृत्य गरेको भिडियोको निर्देशन मौसम हिमाली र कोरियोग्राफी गम्भिर विष्टले गरेका छन् भने छायांकन निर्देशन अर्जुन तिवारी तथा सम्पादन र भिएफएक्स मनोज कार्कीको रहेको छ।
एक दशकदेखि जापानमा बसेर रेष्टुराँ व्यवसायमा संलग्न रहँदै आएका ज्ञवालीले हालै नेपाल आएको मौका पारेर रेकर्ड गरेको गीत म्युजिक भिडियोसहित जापान पुगेर सार्वजनिक गरेका हुन्। नवलपरासीको रजहरका सुशीललाई संगीतको रस यसरी बस्यो कि देश छोडेर विदेशमा बसे पनि झझल्को भने गीतसंगीतकै आउने गर्छ रे। गाउँमै ९-१० कक्षामा पढ्दादेखि नै स्कुलमा हुने कार्यक्रममा गीत गाउन अघि सर्ने उनी जापानमा हुने सांस्कृतिक कार्यक्रममा पनि गीत गाउन मञ्चमा चढ्छन्।
२०६४ सालमा पहिलोपटक लोकदोहोरी एल्बम रैछौ चिटिक्कै बजारमा ल्याएर आफूलाई गायकका रूपमा अघि सारेका सुशीलको पहिलो एल्बमकै शीर्ष गीतले बजार पिटेपछि उनलाई यो क्षेत्रमा निरन्तरता दिन सजिलो भएको रहेछ। पहिलो एल्बम र त्यसको गीत चलेपछि सुशीलले लगत्तै २०६५ सालमा दोस्रो एल्बम दाइको साली ल्याएका थिए। त्यसयता तिम्रै बोली सुनेर रोईला, बोलायो मायाले, आमाको बेदना, हाम्रो नवलपरासि, लास्टै मन परेर, चुरिया छ्याई छ्याई, तिम्रै माया लाग्छजस्ता लोक र लोकदोहोरी गीत बजारमा ल्याईसकेका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २५, आईतवार ०९:०५बुढीगण्डकी नदी थुनिँदै खुल्दै गर्दा जोखिम बढ्यो
समाचार२०८३ आश्विन २४, शनिबार १७:२१अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा विनोद उप्रेतीले उम्मेदवारी दिने
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २४, शनिबार १५:४७राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध
सूचना-प्रविधि२०८३ आश्विन २४, शनिबार १०:१८इन्टरनेटको शुल्क बढेको छैन, ग्राहकलाई मर्का परे कारबाही हुन्छ : प्राधिकरण « रिपोर्टर्स नेपाल









