अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा विनोद उप्रेतीले उम्मेदवारी दिने

धादिङ,२४ असोज
अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो अधिवेशनमा अध्यक्ष पदका लागि विनोद उप्रेतीले उम्मेदवारी दिने निर्णय गर्नुभएको छ। धादिङको धुनीबेँसी नगरपालिका–६, नौबिसे स्थायी घर भई हाल अस्ट्रेलियाको राजधानी क्यानबेरामा बसोबास गर्दै आउनुभएका उप्रेती व्यवसायसँगै सामाजिक तथा सामुदायिक गतिविधिमा सक्रिय व्यक्तित्व हुनुहुन्छ।उहाँ अन्तराष्ट्रिय धादिङ समाजको वर्तमान उपाध्यक्ष हुनुहुन्छ ।
नेपालमा रहँदा नेपाल रेडक्रस सोसाइटी, रोटरी तथा विभिन्न स्थानीय सामाजिक क्लबमार्फत सामाजिक सेवामा सक्रिय उप्रेतीले अस्ट्रेलिया पुगेपछि पनि नेपाली समुदायसँगको सम्बन्धलाई निरन्तरता दिँदै आउनुभएको छ। सन् २०१८ मा अस्ट्रेलिया प्रवेश गर्नुभएका उहाँ क्यानबेरामा बस्दै आउनुभएको छ।उप्रेतीले क्यानबेरामा आफ्नै व्यवसाय सञ्चालन गर्दै नेपाली, दक्षिण एसियाली तथा स्थानीय समुदायलाई सेवा प्रदान गर्दै आउनुभएको छ। व्यवसायसँगै नेपाली समुदायको एकता, सहकार्य र सामाजिक हितका गतिविधिमा समेत उहाँको सक्रियता रहँदै आएको छ।
उहाँले गैरआवासीय नेपाली संघ ९एनआरएनए० अस्ट्रेलियामा विभिन्न पद तथा जिम्मेवारीमा रहेर काम गर्नुभएको छ। त्यसैगरी, धादिङ समाज अस्ट्रेलियाको प्रवक्ताको जिम्मेवारीमा रहेर धादिङबाट अस्ट्रेलिया पुगेका नेपालीबीचको सम्बन्ध र सहकार्य विस्तारमा भूमिका निर्वाह गर्नुभएको छ। हाल अन्तर्राष्ट्रिय धादिङ समाजको उपाध्यक्षका रूपमा कार्यरत उप्रेतीले अब अध्यक्षको जिम्मेवारी सम्हाल्ने उद्देश्यसहित उम्मेदवारी दिने निर्णय गर्नुभएको हो।मच्छीन्द्र माध्यमिक विद्यालय, खालिखोलाबाट प्रारम्भिक तथा माध्यमिक शिक्षा हासिल गर्नुभएका उप्रेतीले शंकरदेव क्याम्पसबाट व्यवस्थापन विषयमा स्नातकोत्तर एमबीएस गर्नुभएको छ। शैक्षिक पृष्ठभूमि, व्यावसायिक अनुभव र सामाजिक क्षेत्रमा प्राप्त अनुभवलाई समुदायको हितमा उपयोग गर्ने उहाँको यात्रा रहेको छ।
अन्तर्राष्ट्रिय धादिङ समाजले विश्वका विभिन्न देशमा रहेका धादिङवासीलाई एउटै साझा सञ्जालमा जोड्दै जिल्लाको सामाजिक, आर्थिक तथा मानवीय विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ। यस्तो संस्थाको नेतृत्वका लागि उप्रेतीको उम्मेदवारीलाई प्रवासमा रहेका धादिङवासीबीचको एकता, सहकार्य र संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउने अवसरका रूपमा हेरिएको छ। अन्तराष्ट्रिय धादिङ समाजको चौंथो अधिवेशन यहि असोज ३१ गते फुलपातीको दिन धादिङबेसी स्थित क्रिक रिर्साेटमा हुदैछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २४, शनिबार १७:२१अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा विनोद उप्रेतीले उम्मेदवारी दिने
समाचार२०८३ आश्विन २३, शुक्रबार २१:४३सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो
खेलकुद२०८३ आश्विन २३, शुक्रबार २०:१९एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
समाचार२०८३ आश्विन २३, शुक्रबार १९:२२धादिङको गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द








