नौलो घुम्ती नेपालको अध्यक्षमा मंगलबहादुर नेपाली चयन

पोखरा । नौलो घुम्ती नेपालको २५औँ वार्षिक साधारणसभा तथा रजत जयन्तीका अवसरमा सम्पन्न १३औँ अधिवेशनले मंगलबहादुर नेपालीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा मिना कुमारी गुरुङ, प्रथम उपाध्यक्षमा कमल प्रसाद अर्याल, महासचिवमा महेन्द्र कुमार गुरुङ, सचिवमा कमला रिमाल र कोषाध्यक्षमा योगेन्द्र प्रधान चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा तुलसा श्रेष्ठ, ढुण्डीराज ज्ञवाली, बिन कुमारी गुरुङ, इन्जिनियर सारदा मोहन काफ्ले, नारायण प्रसाद पौडेल र राममाया विश्वकर्मा चयन भएका छन् ।
निर्वाचन समितिले सार्वजनिक गरेको नामावलीअनुसार सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन भएको हो । नवनिर्वाचित कार्यसमितिको कार्यकाल २०८३ देखि २०८५ सम्म रहनेछ ।
नौलो घुम्ती नेपालले विगत २५ वर्षदेखि लागुऔषध प्रयोगकर्ता, एचआईभी संक्रमित तथा प्रभावित र संक्रमणको उच्च जोखिममा रहेका समुदायमा एचआईभी रोकथाम तथा नियन्त्रणलगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22841, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २४, शनिबार २२:०३नौलो घुम्ती नेपालको अध्यक्षमा मंगलबहादुर नेपाली चयन
समाचार२०८३ आश्विन २४, शनिबार १४:५६नौलो घुम्ती नेपालको रजत जयन्ती, पुनःस्थापना र सामाजिक विकासमा योगदानको चर्चा
समाचार२०८३ आश्विन २४, शनिबार ०५:५१गगन थापा कांग्रेस सभापतिमा निर्वाचित, खड्गीले पाए ३७५ मत
समाचार२०८३ आश्विन २३, शुक्रबार २१:००डेनिस छन्त्याल (14SHOTS) को सम्झनामा पोखरामा बास्केटबल प्रतियोगिता, विजेतालाई १ लाख ५४ हजार पुरस्कार






