मुख्यमन्त्री कार्की सवार कारमाथि झापाको दमकमा ढुङ्गा मुढा

काठमाडौँ – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार कारमाथि ढुङ्गा,मुढा प्रहार भएको छ ।
झापाको दमक नगरपालिकाले सुरु गर्ने लागू औषधसम्बन्धी अभियानको उद्घाटनका लागि मङ्गलबार दिउँसो दमक आउने क्रममा आफूलाई पहिचानवादी बताउने समूहले कालोझण्डा देखाउँदै मुख्यमन्त्री कार्की सवार कारमाथि ढुङ्गा- मुक्का प्रहार गरेको हो ।
ढुङ्गा मुक्का प्रहारबाट मुख्यमन्त्रीको सवारी साधनमा सामान्य क्षति भए पनि मुख्यमन्त्री कार्की तथा गाडीमा सवार कसैलाई पनि क्षति नपुगेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दुर्गा रेग्मी जानकारी दिनुभयो ।
प्रहरीले बिहानैदेखि बाक्लो सुरक्षाकर्मी परिचालन गरे पनि अप्रत्याशित रुपमा केही व्याक्ति आएर एकाएक मुख्यमन्त्रीको सवारी रोक्ने र ढुङ्गा हान्ने काम भएको रेग्मीले बताउनु भयो ।
प्रहरीले मुख्यमन्त्रीको सवारीमा आक्रमण गर्नेहरुको पहिचान र खोजी कार्य जारी राखेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ११, सोमबार २२:२४‘टेम्के’को निर्माण अन्तिम चरणमा, पुस ९ लाई प्रदर्शन लक्ष्य
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ११, सोमबार २१:५१डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ११, सोमबार १७:१२‘महाराजधिराज’को भिडियो लिक गर्ने स्पटब्वायसँग ५१ लाख क्षतिपूर्ति माग
समाचार२०८३ श्रावण ११, सोमबार ११:४२नीलकण्ठ पार्कमा रोपिएका १२५ आशा








