लिबियाको समुद्री तटमा डुंगा दुर्घटना हुँदा ६० बढी आप्रवासीको मृत्यु

लिबियाको समुद्री तटमा डुंगा दुर्घटना हुँदा ६० भन्दा बढी आप्रवासीको मृत्यु भएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले जनाएको छ ।
डुंगामा करिव ८६ जना सवार रहेको दुर्घटनामा बाँचेकाहरूलाई उद्धृत गर्दै आइओएमले जनाएको छ । उच्च समुद्री छालले डुङ्गा बगाएपछि बालबालिकासहित ६१ आप्रवासी बेपत्ता भएको र उनीहरुको मृत्यु भएको अनुमान गरिएको छ ।
लिबिया भूमध्यसागर पार गरी युरोप प्रवेश गर्ने आप्रवासीहरूको मुख्य प्रस्थान बिन्दु हो । यो वर्ष मात्र समुद्र पार गर्ने क्रममा करिव २२ सय मानिस डुबेको बताइएको छ ।
पछिल्लो घटनाका अधिकांश पीडितहरू नाइजेरिया, गाम्बिया र अन्य अफ्रिकी देशका रहेको एएफपी समाचार संस्थाले उल्लेख गरेको छ । दुर्घटनामा बचेका २५ जनालाई चिकित्सा सहायता सहित लिबियाको हिरासत केन्द्रमा स्थानान्तरण गरिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार १२:३६‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक, दिलको हल्दी डे झल्कियो
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार ११:३२निर शाहको ‘कमला मिस’ को पोस्टर सार्वजनिक
खेलकुद२०८३ असार २७, शनिबार ०६:५९स्पेन फिफा विश्वकपको सेमिफाइनलमा « रिपोर्टर्स नेपाल









