भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै

काठमाण्डौं,१९ पुस
भारतीय विदेश मन्त्री एस. जयशंकर आज नेपाल भ्रमणमा आउँदै छन् । परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन विदेशमन्त्री जयशंकर आज बिहान १० बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।काठमाडौँ अवतरण गरे लगत्तै विदेशमन्त्री जयशंकर ११ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास जानेछन् । त्यहाँबाट फर्केपछि मध्यान्ह १२ बजे प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेटघाट गर्ने छन् ।
त्यसलगत्तै १ बजे परराष्ट्र मन्त्री साउदसँग होटल याक एण्ड यतिमा भेटघाट गरेपछि उनी सवा एक बजेदेखि संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन् । पौने २ बजे दुई देशबिच १० हजार मेगावाट बिजुली खरिद सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम हुनेछ ।उनी २ बजे परराष्ट्र मन्त्रालयले याक एण्ड यतिमा आयोजना गर्ने दिवा भोज कार्यक्रममा सहभागी हुने बताइएको छ । विदेशमन्त्री जयशंकरले ३ बजेर ४० मिनेटमा कांग्रेसका सभापति शेरबहादुर देउवा र साढे चार बजे एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्नेछन् ।
साँझ ६.१५ वजे परराष्ट्र मन्त्रालयले सोल्टी होटलमा रात्रि भोजको आयोजना गर्नेछ । सो रात्रि भोजमा मन्त्री जयशंकर लगायत नेपालका नेता, सांसद र सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ ।पुस २० गते बिहान ८ बजे उनले पशुपतिको दर्शन गर्नेछन् भने ९ बजे पुस्तकालय उद्घाटन गर्नेछन् । त्यसपछि उनले त्यहाँ पुनः निर्माणका कामहरू हेर्ने कार्यक्रम रहेको छ ।त्यसलगत्तै विदेशमन्त्री जयशंकर मध्यान्ह १२ बजे भारत फर्किनेछन् ।साभारःरातोपाटी
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र ११, बुधबार १८:५२सर्वोच्च अदालत, न्यायपरिषद र न्यायसेवा आयाेगकाे बार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश
समाचार२०८२ चैत्र ११, बुधबार १६:१३जनताका असीमित आकाङ्क्षालाई संसद् र सरकारले सम्बोधन गर्नुपर्छः ज्येष्ठ सदस्य केसी
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र ११, बुधबार ०९:३०कीर्तिपुरमा ६८ काग मृत फेला, बर्डफ्लु संक्रमण पुष्टि
खेलकुद२०८२ चैत्र ११, बुधबार ०८:३५साम्बाले न्युजिल्यान्डमै गरिन् घुँडाको शल्यक्रिया, यस्तो छ कतार नजानुको कारण







