‘चेप्टि’ पर्यटकको रोजाईमा (फोटो फिचर)

इलाम- इलामको चुरे क्षेत्रमा रहेको चेप्टि क्षेत्र पर्यटकको रोजाईको केन्द्र बन्दै गएको छ । निजी क्षेत्रको लगानीमा पर्यटकीय क्षेत्र चेप्टि ड्रिम्स नेपालसँगै भारतीय पर्यटकहरुको पनि आकर्षणको गन्तव्य बनेको हो ।
चेप्टि पार्क इलामको माई नगरपालिका-२ मा निर्माण गरिएको छ । पार्कमा छिमेकी मुलुक भारत, बंगलादेश र भुटानसम्मका पर्यटकहरु भ्रमणका लागि पुग्ने गरेका छन् । चेप्टि पार्कमा घुम्न र पिकनिक खानका लागि दैनिक सयौँको संख्यामा आन्तरिक र वाह्रय पर्यटकहरु आउने गरेका हुन् ।
इलामको राजदुवाली, झापाको बिर्तामोड र कनकाई नगरपालिकाको दुर्गापुरबाट पुग्न सकिने चेप्टिपार्कमा बालबालिकादेखि वृद्ध–वृद्धा घुम्न पुग्ने गरेका छन् । पार्क चलचित्र कर्मीहरुका लागि छायङ्कनको गन्तव्य बनेको छ ।
इलाम आफैमा प्राकृतिक रुपमा मनोरम स्थल भएता पनि चेप्टीको आकर्षण र हावापानीले पनि पर्यटकलाई तान्ने गरेको झापा सुरुङ्गाबाट पुगेका पर्यटक सि एम सर्माले बताउनुभयो ।
३५ करोडको लागतमा खुलेको ह्याप्पी ड्रिम्स चेप्टीमा पिकनिक र शैक्षिक अललोकन भ्रमणका नेपालका पश्चिम क्षेत्रबाट पनि पर्यटक पुग्ने गरेका छन् । चेप्टी झर्ना, जंगली जनावर, सयौं प्रकारका फुलबिरुवा, खेल सामाग्रीले पर्यटकलाई लोभ्याउने गरेको छ । २ सय रोपनी क्षेत्रफलमा फैलिएको चेप्टि पार्क युवापुस्ताको आकर्षणको केन्द्र बनेको हो ।
बालबालिका, युवाको आकर्षणका लागि रक गार्डेन, हाँस पोखरी, विभिन्न मुर्तिहरु, पोखरीमा संचालन रहेका छन् । पार्कमा नेपाल, भारत, भुटान समेतका गरि दैनिक प्रन्ध सय बढी पर्यटक आएर रमाउने गरेका छन् ।
दुई सय रुपैयाँको प्रवेश शुल्कमा पार्क घुम्न पाइने गरेको छ । चुरे क्षेत्रमा पनि कृतिम पार्क निर्माण भएपछि त्यहाँ पुग्ने पर्यटकहरु छक्क पर्दै आएका छन् ।
महेन्द्र राजमार्गको दुर्गापुरबाट २४ किलोमिटर उत्तरमा रहेको यस क्षेत्रमा मोटरसाईकल, गाडीमा सहजै पुग्न सकिन्छ । पार्कको केहि भाग सामुदायिक वन क्षेत्रमा रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ फाल्गुन ११, आईतवार १५:३५पोखरामा हालसम्मकै ठूलो कोटिहोम श्री गण्डकी कोटिहोम महायज्ञ हुदै
कला, विचार/मनोरञ्जन२०८१ माघ २४, बिहीबार २०:४७सुप्रसिद्ध गीतकार हरिहर खनिया सम्मानित
समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न