राष्ट्रिसभा निर्वाचन: एमालेले टुंगो लगायो उम्मेदवारको नामावली (सूची सहित)

काठमाडौं – नेकपा एमालेले राष्ट्रियसभाको उम्मेदवारको नामावली टुंगो लगाएको छ । एमालेले आज १९ वटै पदका लागि उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।
जसअनुसार कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर), मधेशमा महिलाबाट उषादेवी थरुनी (पर्सा), अन्यबाट डा. अर्जुनकुमार सिंह राजपुत (महोत्तरी), बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन) रहनु भएको छ ।
त्यसैगरी अपाङ्गता र अल्पसंख्यकबाट विवेक देवकोटा (काठमाडौं), दलितबाट ध्युवराज विश्वकर्मा (धादिङ), गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा), अपाङ्गतारअल्पसंख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ), लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी (दाङ), अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा), कर्णालीमा महिलाबाट विमलाकुमारी शाही (हुम्ला), अन्यबाट डिल्लीप्रसाद भट्ट (मुगु), दलितबाट हिक्मत विक (दैलेख), सुदूरपश्चिममा महिलाबाट सावित्रादेवी घिमिरे (कैलाली), अन्यबाट ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपाङ्गतारअल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली) रहनु भएको छ ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख ४, शुक्रबार ०७:०९वैशाख कृष्ण औँसीः मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
समाचार२०८३ बैशाख ४, शुक्रबार ०६:०३घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख ३, बिहीबार २०:१५केएमसीलाई मस्तिष्कसम्बन्धी जटिल रोगको उपचारमा अर्को सफलता
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ३, बिहीबार १८:४८पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव ‘NERUFF’ को पत्रकार सम्मेलन सम्पन्न








