उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगाण्डाको राजधानी कम्पाला प्रस्थान गरेपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ । प्रधानमन्त्री प्रचण्ड असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९औं शिखर सम्मेलनमा सहभागी हुन त्यसतर्फ आज प्रस्थान गर्नु भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थिति मा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री एवं रक्षा मन्त्री खड्काले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयबाट जारी सूचनामा उल्लेख गरिएको छ ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र ८, आईतवार १५:५९तत्कालीन पर्यटन सचिव केदार अधिकारी सहित २१ जना विरुद्ध भ्रष्ट्राचारको मुद्दा
कला, विचार/मनोरञ्जन२०८२ चैत्र ८, आईतवार १४:११सिक्किमको पहिलो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपालबाट जेनीश पहारीको प्रतिनिधित्व
समाचार२०८२ चैत्र ८, आईतवार ११:२८सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो
समाचार२०८२ चैत्र ७, शनिबार २१:५३धादिङ–२ मा कांग्रेसको निर्वाचन समीक्षा : कमजोरी स्वीकार्दै सुधारका नयाँ रणनीति








