माघ महिनामा फिल्मको खडेरी भएको बेला, दुई फिल्म दयाहाङका एकै दिन

नेपाली फिल्म निर्माणमा पछिल्लो समय तीव्रता छाएको छ । यो समयमा करिब आधा दर्जन फिल्म फ्लोरमा छन्, भने दर्जन हाराहारीका निर्माण घोषणा गरेर छायाङ्कनको तयारी छन् ।
निर्माणमा छाएको तीव्र गतिले प्रदर्शनमा पनि असर पार्नुपर्ने हो । तर सरसर्ती हेर्दा गत कार्त्तिकदेखि राम्रोसँग फिल्म रिलिज हुन सकेका छैनन् । कार्तिकमा ‘पशुपति प्रसाद २’ र ‘दिमाग खराब’ गरेर दुई फिल्म रिलिज हुँदा मङ्सिरमा पनि दुई फिल्म ‘जम्प’ र ‘दुई कदम’ रिलिज भएका छन् । त्यस्तै पुसमा पनि ‘चित्रा’ र ‘पर्खी बसेँ तिमिलाई’ मात्र रिलिज भयो ।
केही महिनादेखि रिलिजका हिसाबले राम्रो बन्न नसकेको गति माघमा भने सुध्रिने अपेक्षा गरिएको थियो । केही अगाडिसम्म माघमा ४ फिल्म अर्थात ‘नम्बरी सुन’, ‘हात्तीछापा’, ‘दयारानी’ र ‘हनी¬ बनी’ रिलिज हुने तयारीमा थियो । अहिलेसम्म भने ‘हात्तीछापा’, ‘दयारानी’ रिलिज हुने निश्चित भएको छ । ‘हनी बनी’ सरेको छ भने ‘नम्बरी सुन’ माघ १९ गते रिलिज हुने भनिए पनि सार्ने हल्ला छ । सरसर्ती हेर्दा गत पुस झैँ यो माघमा पनि दुई फिल्म मात्र रिलिज हुने देखिएको छ, त्यो पनि अन्तिम शुक्रबार अर्थात माग २६ गते । त्यस अगाडिका सबै शुक्रबार नेपाली फिल्म रिलिजका हिसाबले खाली देखिने भएको छ । माघमा बलिउडको ठुलो फिल्म ‘फाइटर’ रिलिज हुँदैछ ।
लेखकको बारेमा

लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार २४, मंगलवार १६:५८सानिमा जिआईसी इन्स्योरेन्सद्वारा विद्यालयलाई शैक्षिक सामग्री तथा फर्निचर हस्तान्तरण
समाचार२०८२ असार ८, आईतवार २१:४२रहेनन् शिक्षासेवी टुवराज बास्तोला
कला, विचार/मनोरञ्जन२०८२ असार ४, बुधबार ०८:४०फिल्म‘यो मन त मेरो नेपाली हो अमेरिकी विशेष प्रदर्शनी
समाचार२०८२ असार ४, बुधबार ०८:२९देशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना गण्डकी र लुम्बिनीसहित