निजगढ विमानस्थल बन्नेमा शङ्का नगर्न अर्थमन्त्री डा महतको आग्रह

बारा- अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र बिस्तारै लयमा फर्किंदै गएको बताउनुभएको छ । महागढीमाई नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्नुहुँदै मन्त्री महतले कोरोनाको बेलामा आफूले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा मुलुकको अर्थतन्त्र बिग्रिएको र पछिल्लो समय सुधार भइरहेको बताउनुभयो ।
अर्थमन्त्री डा महतले नेपाल र भारतको सिमानामा रहेका बाराका केही नाकाहरु खुलाउने विषयमा दुवै देशको अधिकारीहरुसँग चाँडै संवाद गर्ने बताउनुभयो ।
निजगढ विमानस्थल निर्माणका लागि लगानी जुटाउने काम तीव्ररुपमा अगाडि बढाएको भन्दै मन्त्री महतले विमानस्थल बन्नेमा शङ्का नगर्न सबैलाई आग्रह गर्नुभयो ।
सुनकोशी मरिन डाइभर्सन मधेसको लाइफलाइन भएको हुँदा त्यसको निर्माण अन्तिम चरणमा पुगिसकेको बताउँदै मन्त्री महतले सो डाइभर्सनले मधेसको प्रायः सबै जिल्ला सञ्चित हुनेमा आफू आशावादी रहेको प्रस्ट पार्नुभयो ।
महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, मधेस प्रदेशका उपसभापति चन्द्रशेखर कुमार यादव, प्रदेश सांसद श्याम पटेल, पूर्वराष्ट्रियसभाका सदस्य रमेश यादव, जिल्ला सचिव भैयाराम यादवलगायतले आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
मन्त्री महतले सिम्रौनगढमा रहेको छोटी भन्सारको अवलोकन गर्दै चाँडै नै भन्सार खुलाउनका लागि पहल गर्ने बताउनुभएको थियो । उहाँले स्वर्ण गाउँपालिका कबहीगोठस्थित रहेको सनफुलवा नाकासमेत निरीक्षण गर्नुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १२, मंगलवार ०७:४२उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हिमपातको सम्भावना
समाचार२०८२ फाल्गुन १२, मंगलवार ०६:५३निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो
समाचार२०८२ फाल्गुन ११, सोमबार २०:४०सर्लाही-४ का लागि कांग्रेस सभापति थापाको प्रतिज्ञा पत्र
समाचार२०८२ फाल्गुन ११, सोमबार १९:०५रुवीभ्यालीमा रमेश धमला : भीरमौरीको मह ब्राण्डिङ देखि पर्यटन हवसम्म(यस्ता छन् रुवीभ्याली विकासको योजनाहरु)








