Home कला, विचार/मनोरञ्जन केजिएफका डविङ आर्टिष्ट सचिनले गरे हिन्दीमा ‘गोर्खा वारियर’ को स्वराँकन

केजिएफका डविङ आर्टिष्ट सचिनले गरे हिन्दीमा ‘गोर्खा वारियर’ को स्वराँकन

29
0

काठमाडौं। आगामी फागुन ११ बाट नेपालमा प्रदर्शन हुने ऐतिहाँसिक नेपाली अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’ अहिले चार भाषामा तयार भईरहेको छ । यो चलचित्रको नेपाली भर्सन तयार छ भने हिन्दी, अँग्रेजी र कोरियन भर्सन तयार गर्ने क्रम पनि अन्तिम चरणमा पुगेको छ । यो चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

यसै क्रममा ‘गोर्खा वारियर’ को हिन्दी सँस्करणको स्वराँकन कार्य मुम्बईमा अन्तिम चरणमा पुगेको छ । यो चलचित्रको मुख्य अभिनेता रितेस चाम्सको हिन्दी संस्करणको स्वराँकन भारतका चर्चित डविङ आर्टिष्ट सचिन गोलेले गरिरहेका छन् । सचिन ति कलाकार हुन, जसले दक्षिण भारतीय फिल्म केजीएफका लागि अभिनेता यशको हिन्दी संस्करणको स्वराँकन गरिसकेका छन् । केजीएफको च्याप्टर वान र टु हिन्दी सँस्करणमा नायक यशको स्वराँकन सचिन गोलेले गरेका कारण पनि हिन्दी सँस्करणको स्वराँकन निकै प्रभावशाली बनेको थियो । तिनै कलाकारले यतिबेला अभिनेता रितेश चाम्सको हिन्दी भाषाको स्वराँकन गरेको यो चलचित्रका निर्देशक मिलन चाम्सले जानकारी गराएका छन् । यही चलचित्रबाट नायकको रुपमा रितेशले शिर्ष भूमिकामा डेब्यु गरेका हुन् ।

यो चलचित्रको हिन्दी सँस्करणमा अरु कलाकारको स्वराँकन पनि डिज्नीलगायत विभिन्न हलिउड तथा दक्षिण भारतीय फिल्मको स्वराँकन गर्ने भारतीय डविङ आर्टिष्टको स्वरमा डविङ गर्ने कार्य तिब्रगतिमा भईरहेको निर्देशक चाम्सले जानकारी गराएका छन् । यो सिनेमाको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत समेत रहेको छ । यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । हालैमात्र पहिलोपटक बेलायतमा ऐतिहाँसिक रेड कार्पेट प्रिमियर गरेपछि अन्तराष्ट्रिय जगतमै चर्चा कमाएको नेपाली चलचित्र ‘गोर्खा वारियर’ यही ११ फागुनबाट देशव्यापी रिलिज हुँदैछ । चलचित्र गोर्खा वारियरले ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस’ (बाफ्टा) अवार्डका लागि हालै प्रारम्भिक चरणको सूचीमा प्रवेश पाएको छ । यो सँगै गोर्खा वारियर अन्तराष्ट्रिय रुपमै लोकप्रिय हुँदैछ ।

यो चलचित्रको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् । गोर्खा वारियरमा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ ।
यो चलचित्रमा दोश्रो विश्व युद्ध अन्तर्गत मलायाको युद्धमा गोर्खा सैनिकले बीरताका साथ लडेर हाँसिल गरेको सफलतासँगै उनीहरुको सँघर्षको कथा समेटिएको छ । सँसारमै शाहसिक भनेर चिनिने गोर्खाली योद्धाको सँघर्षमा आधारित गोर्खा वारियरले उनीहरुको युद्धसँगै पारिवारिक कथालाई पर्दामार्फत विश्वका दर्शकमाझ पु¥याउने कथन निर्देशक मिलन चाम्सको रहेको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleनिजगढ विमानस्थल बन्नेमा शङ्का नगर्न अर्थमन्त्री डा महतको आग्रह
Next articleत्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ४३ जनाको आवेदन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here