त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ४३ जनाको आवेदन

काठमाडौं- त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार उपकुलपतिका लागि दरखास्त दिने अन्तिम दिन हिजोसम्म ४३ जनाले आवेदन दिएका हुन् ।
आवेदन दिनेमा अधिकांश पूर्वपदाधिकारीहरु रहेका छन् । उपकुलपतिमा दरखास्त दिनेमा विश्वविद्यालयका हालका निमित्त उपकुलपति शिवलाल भुसाल, पूर्वउपकुलपति तीर्थ खनियाँ, नेपाल खुला विश्वविद्यालयका पूर्वउपकुलपति लेखनाथ शर्मा, पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति केशरजङ्ग बराल, त्रिविका पूर्वरजिष्ट्रार चन्द्रमणि पौडेल, त्रिविकै पूर्वशिक्षाध्यक्ष गुणनिधि न्यौपाने, त्रिविका मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन कुसुम शाक्यले दरखास्त दिनुभएको छ ।
त्यस्तै मध्यपश्चिम विश्वविद्यालयका हालका उपकुलपति नन्दबहादुर सिंह, नेपाल खुला विश्वविद्यालयमा निमित्त उपकुलपति इन्द्र कार्की, त्रिवि इतिहास विभागका पूर्वप्रमुख राजकुमार पोख्रेल लगायतले उपकुलपतिका लागि दरखास्त दिनुभएको छ ।
अब विज्ञ टोली बनाएर मूल्यांकन गरी उपकुलपति नियुक्तिका लागि सिफारिस गरिने शिक्षा मन्त्रालयले जनाएको छ । आकांक्षीहरुको सोचपत्र र कार्ययोजनाको मूल्यांकन गर्न विज्ञ समूह गठन गर्न सक्ने व्यवस्था गरिएको छ ।
उपकुलपति नियुक्तिका लागि नाम सिफारिश गर्न गठित छनोट तथा सिफारिश समितिले गत पुस २३ गते १५ दिनको म्याद राखेर दरखास्त आह्वान गरेको थियो । प्रतिस्पर्धाका आधारमा त्रिविको उपकुलपति चयन गर्न छनोट र सिफारिस कार्यविधिसहित सिफारिस समितिले दरखास्त आह्वान गरेको थियो ।
अल्पसूचीबाट प्रस्तुतीकरणको मूल्यांकन र अन्तर्वार्ता लिएर सर्वोत्कृष्ट अंक प्राप्त गर्ने तीन जनाको नाम सिफारिस गर्ने र तीमध्ये कुलपतिले एक जनालाई नियुक्ति दिने भनिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार ११:२५बोर्ड अध्यक्ष डीसीले गरे ‘टेम्के: द डेस्टिनेसन’ को शुभमुहूर्त
समाचार२०८२ फाल्गुन २९, शुक्रबार १९:३८ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चिती नगर्न निगमको आग्रह
समाचार२०८२ फाल्गुन २९, शुक्रबार १८:१८गृहमन्त्रीसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलको प्रतिवेदन पेस
समाचार२०८२ फाल्गुन २९, शुक्रबार १४:३८न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा आयुर्वेद चिकित्सालय धादिङलाई ६८.४८ अंक






