सञ्चारकर्मी गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण

काठमाडौं । सञ्चारकर्मी गीता अधिकारीको लेखन रहेको किताव ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण गरिएको छ । सोमबार काठमाडौंमा मिलाप पब्लिकेशनको आयोजनमा एक विशेष समारोहबीच उक्त कृतिको लोकार्पण गरिएको हो । वरिष्ठ साहित्यकार तथा कथाकार माया ठकुरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल, वरिष्ठ साहित्यकार खेमनाथ दाहाल, लेखक गीता अधिकारी, महिला सुरक्षा दबाब समूह अध्यक्ष कल्याणी शाह, सञ्चारिका समूह अध्यक्ष विमला तुम्खेवा, हिमालय टाइम्स दैनिकका कार्यकारी निर्देशक उज्ज्वल शर्मा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय महासचिव विमला निरौला, प्राडा अर्जुनदेव भट्ट, वशिष्ठ कलाकार लय संग्रौला, वरिष्ठ साहित्यकार विमल भौकाजी, पब्लिकेसनका अध्यक्ष कृष्ण भुसाललगायतले उत्त पुस्तकको लोकार्पण गर्नुभएको थियो ।
कार्यक्रम लेखिका अधिकारीले आफूले विभिन्न समयमा पढेका पुस्तकका बारेमा विभिन्न पत्रिकामा प्रकाशित भएका पुस्तक परिचयलाई यसमा समावेश गरेको जानकारी गराउनुभयो । आफ्नो स्वागत मन्तव्य राख्दै उहाँले भन्नुभयो, ‘पत्रकारितामा संलग्न हुँदै गर्दा मैले पढेर विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका लेखलाई यसमा समावेश गरेकी छु । यसलाई समीक्षाभन्दा पनि पुस्तक परिचयका रूपमा बुझ्नका लागि अनुरोध गर्दछु ।’
पुस्तकका रहेका स्रष्टामध्येबाट उपन्यासकार सन्तोष श्रेष्ठले गीताले पत्रकारितमा रहँदा रहँदै कृति पाठकमाझ ल्याएकोमा बधाई दिँदै केही कमिकमजोरीका बाबजुद पनि राम्रो कृति आएको बताउनुभयो । चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष एवं गीतकार शान्तिप्रियले गीतासँग आफूले सहकार्य गरेको बताउँदै चलचित्र पत्रकारितमा लामो समयसम्म टिकिरहनु नै महत्वपूर्ण कुरा रहेको जिकिर गर्नुभयो ।
यस्तै, वरिष्ठ संगीतकार राजु सिंह, विशिष्ठ कलाकार लय संग्रौला, वरिष्ठ साहित्यकार दामोदार पुडासैनी अन्तर्र्राष्ट्रिय नेपाली साहित्य समाज ९अनेसास० महासचिव विमला निरौला, प्राडा अर्जुनदेव भट्टले कृतिका लागि अधिकारीलाई बधाई तथा शुभकामना दिँदै उहाँको सक्रियताको तारिफ गर्नुभएको थियो ।
सञ्चारिकका समूह अध्यक्ष विमला तुम्खेवाले महिला सञ्चारकर्मीले अघि बढनका लागि हाम्रो समाजमा निकै संघर्ष गर्नुपर्ने तीतो यथार्थ रहेको बताउँदै गीताले पनि संघर्ष गर्दै आफूलाई अघि बढाइरहेको जिकिर गर्नुभयो । महिला दबाक समूहकी अध्यक्ष कल्याणी शाहले नेपाली महिलाहरू आज पनि विभिन्न समस्याबाट गुज्रिरहेको बताउँदै गीतका कार्यको तारिफ गर्नुभएको थियो । वरिष्ठ साहित्यकार खेमनाथ दाहालले अधिकारीले यसमा संलग्न गरेका कृति र उहाँका हरेक समीक्षा ज्ञानबर्धक र मननयोग्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस समीक्षा कृतिमा संलग्न गरेका कृति र उहाँका हरेक समीक्षा ज्ञानबर्धक र मननयोग्यमात्र होइन, कृतिलाई जीवन्त बनाउने श्रेणीमा पर्दछन् ।’
यस्तै, प्रा।पुरुषोत्तम दाहालले आफ्नो कविता कृति ‘काला बादलमा उज्याला पाइला’का बारेमा पनि यसमा समावेश भएको बताउँदै यसमा धेरै विधाका कृति रहेको बताउनुभयो । आफ्नो ‘शान्ता’ उपन्यासका बारेमा चर्चा गर्दै उहाँले गीताले यस कृतिलाई जन्म दिएर आज आमा बनेको धारणा राख्नुभयो ।
प्रमुख अतिथि ठकुरीले गीतासँग आफ्नो दश वर्षभन्दा लामो सम्बन्ध रहेको बताउँदै आफ्नै वरिपरि रहेका परिवेशलाई आफ्ना प्रस्तुतिमा स्थान दिनुपर्ने विचार व्यक्त गर्नुभयो । आफूले कथामा पनि आफ्नो परिवेश र आफ्नै वरिपरिका विषयवस्तुलाई प्राथमिकता दिँदै आएको बताउँदै भन्न खोजेको कुरा सरल भाषामा व्यक्त गर्नुपर्ने धारणा राख्नुभयो । पब्लिकेशनका अध्यक्ष कृष्ण भुसालले मिलाप मासिकको चर्चा गर्दै गीताको मैले पढेका ५१ पुस्तक समीक्षाको संग्रह नभएर कृति परिचयसंग्रह रहेको बताउनुभयो । गीतकार गणेश सुवेदीले सहजिकरण गरेको कार्यक्रममा अथितिहरूलाई मायाको चिनो पनि प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
गीता अधिकारीले कला मनोरञ्जन पत्रकारितमा आफूलाई संलग्न गराउँदै आउनुभएको छ । उहाँका ‘यतै घमाइलो उतै घमाइलो’, ‘तीजैमा व्रत बसी’, ‘बजाउँदै चुरा’, ‘श्वास फेरी’, ‘छम्मछम्म’ जस्ता एकदर्जन जति गीत श्रोतारदर्शकमाझ आएका छन् । चलचित्र पत्रकार संघमा सदस्य हुँदै उपाध्यक्षको जिम्मेवारीमा रहेर कुशल कार्यसम्पादन गर्नुभएकी गीतको ‘मैले पढेका ५१ पुस्तक’ पाठकमाझ आएको पहिलो कृति हो । गीताले आफ्नो जन्मदिनको अवसर पारेर सोमबार यो कृति पाठकमाझ ल्याउनुभएको हो । मिलाप पब्लिकेशन प्रा।लि।ले पाठकमाझ ल्याएको १९२ पेजको यस कृतिको मूल्य ४०० रुपैयाँ राखिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १९, सोमबार २१:४२चलचित्र ‘हिमालयन गोल्ड’ नेपाल र भारतभर प्रदर्शन हुने
समाचार२०८३ आश्विन १९, सोमबार १९:१२नुवाकोटका बाढीपीडितलाई कोरियन मेडिकल एशोसिएसनको राहत
समाचार२०८३ आश्विन १९, सोमबार १८:५२भूमिहीन समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: प्रधानमन्त्री शाह
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन १९, सोमबार १५:५५बाढी प्रभावित रसुवामा छ दिने निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सञ्चालन









