आईसीसी यू–१९ क्रिकेट: नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित

दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ क्रिकेट विश्वकप प्रतियोगितामा अन्तर्गतत दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा भएको खेलमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १९८ रनको लक्ष्य पाकिस्तानले ४७.४ ओभरमै ५ विकेटको क्षतिमा पूरा गर्यो । पाकिस्तानको जीतमा अजान अनाइसले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६३ रन बनाए ।
खेलमा नेपालका लागि आकाश चन्दले ३ तथा आकाश त्रिपाठी र दीपेश कँडेलले १। १ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा १ सय ९७ रन बनाएको हो ।
नेपालका लागि विपिन रावलले सर्वाधिक ३९ रन बनाए । यस्तै दीपक डुम्रेले २६, कप्तान देव खनालले २३, सुवास भण्डारीले २०, गुलशन झाले १८, आकाश चन्दले १६ र दीपेश कँडेलले १३ रन बनाए ।
बलिङमा पाकिस्तानका अराफात मिनहासले तीन विकेट लिए। अहमेद हुसेन र उवइद शाहले २(२ तथा खुबैब खालिल, अलि अस्फन्ड र मोहमद जीसानले १(१ विकेट लिएका थिए । विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार ४, बिहीबार ०७:०२कंंगोसँग बराबरीमा रोकियो पोर्चुगल « रिपोर्टर्स नेपाल
समाचार२०८३ असार ३, बुधबार २०:३६सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
सूचना-प्रविधि२०८३ असार ३, बुधबार १८:०६डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
कला, विचार/मनोरञ्जन२०८३ असार ३, बुधबार १५:२१विनयराज पौडेलको डेब्यु निर्देशन ‘अक्षरा’को छायांकन सम्पन्न, भदौ २६ मा प्रदर्शन हुने









