राष्ट्रियसभा निर्वाचनमा ९९ प्रतिशत मतदान

काठमाडौँ, ११ माघ ।
राष्ट्रियसभाको १९ सदस्यका लागि आज भएको निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार बिहान ९ देखि दिउँसो ३ बजेसम्ममा निर्वाचन सम्पन्न भएको हो ।
सातै प्रदेशमा मतगणना सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा प्रारम्भ भएकोे र आजै निर्वाचनको परिणाम घोषणा गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
सातै प्रदेशमा गरी प्रदेशसभाका सदस्यतर्फ पाँच सय ४९ मतदाता रहेकामा पाँच सय ४६ ले मतदान गरी ९९ दशमलव ४५ प्रतिशत तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ एक हजार चार सय ९७ मतदाता रहेकामा एक हजार चार सय ८६ ले मतदान गरी ९९ दशमलव २७ प्रतिशत मतदान भएको छ ।
यसरी सबै प्रदेशतर्फ कूल मतदाता २०४६ मा दुई हजार ३२ ले मतदान गरेकाले ९९ दशमलव ३२ प्रतिशत मतदान भएको छ । आयोगका अनुसार कोशी प्रदेशमा निर्वाचक मण्डलका सदस्यमध्ये प्रदेशसभाका सदस्यतर्फ ९३ मतदाता रहेकामा सबैले मतदान गरी शतप्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ दुई सय ७३ मतदाता रहेकामा दुई सय ७१ ले मतदान गरी ९९ दशमलव २७ प्रतिशत मतदान भएको छ ।
दुवै तहमा गरी कोशी प्रदेशतर्फ कूल मतदाता तीन सय ६६ मा तीन सय ६४ ले मतदान गरेकाले ९९ दशमलव ४५ प्रतिशत मतदान भएको छ ।
मधेस प्रदेशमा प्रदेशसभाका सदस्यतर्फ एक सय सातजना मतदाता रहेकामा एक सय ६ ले मतदान गरी ९९ दशमलव शून्य सात प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ दुई सय ६७ मतदाता रहेकामा सबैले मतदान गरी शतप्रतिशत मतदान भएको छ ।
यसरी मधेस प्रदेशतर्फ कूल मतदाता तीन सय ७४ मा तीन सय ७३ ले मतदान गरेकाले ९९ दशमलव ७३ प्रतिशत मतदान भएको छ । बागमती प्रदेशमा प्रदेशसभाका सदस्यतर्फ एक सय १० मतदाता रहेकामा एक सय आठले मतदान गरी ९८ दशमलव १८ प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ दुई सय ३७ मतदाता रहेकामा तीन सय ३४ ले मतदान गरी ९८ दशमलव ७३ प्रतिशत मतदान भएको छ ।
यसरी बागमती प्रदेशतर्फ कूल मतदाता तीन सय ४७ मा तीन सय ४२ ले मतदान गरेकाले ९८ दशमलव ५६ प्रतिशत मतदान भएको छ ।
गण्डकी प्रदेशमा प्रदेशसभाका सदस्यतर्फ ६० मतदाता रहेकोमा सबैले मतदान गरी शत प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ १७० मतदाता रहेकोमा १६९ ले मतदान गरी ९९ दशमलव ४१ प्रतिशत मतदान भएको छ ।
यसरी गण्डकी प्रदेशतर्फ कूल मतदाता २३० मा २२९ ले मतदान गरेकोले ९९ दशमलव ५७ प्रतिशत मतदान भएको छ । लुम्बिनी प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ८७ जना मतदाता रहेकोमा सबैले मतदान गरी शत प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ २१८ मतदाता रहेकोमा २१६ ले मतदान गरी ९९ दशमलव शुन्य आड प्रतिशत मतदान भएको छ ।
यसरी लुम्बिनी प्रदेशतर्फ कूल मतदाता ३०५ मा ३०३ ले मतदान गरेकोले ९९ दशमलव ३४ प्रतिशत मतदान भएको छ । कर्णाली प्रदेशमा प्रदेशसभाका सदस्यतर्फ ४० मतदाता रहेकोमा सबैले मतदान गरी शत प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ १५६ मतदाता रहेकोमा सबैले मतदान गरी शत प्रतिशत मतदान भएको छ ।
यसरी कर्णाली प्रदेशतर्फ कूल मतदाता १९६ मा सबैले मतदान गरेकोले शत प्रतिशत मतदान भएको छ । सुदुरपश्चिम प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ५२ मतदाता रहेकोमा सबैले मतदान गरी शत प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ १७६ मतदाता रहेकोमा १७३ ले मतदान गरी ९८ दशमलव ३० प्रतिशत मतदान भएको छ ।
यसरी सुदुरपश्चिम प्रदेशतर्फ कूल मतदाता २२८ मा २२२५ ले मतदान गरेकोले ९८ दशमलव ६८ प्रतिशत मतदान भएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र,निष्पक्ष र भयरिहत वातावरणमा सम्पन्न गर्न गराउन राजनीतिक दल, उम्मेदवार, उम्मेदवारको प्रतिनिधि, मतदाता, कर्मचारी, सुरक्षाकर्मी, आमसञ्चार माध्यम एवं सम्पूर्ण सरोकारवालाई आयोगले धन्यवाद दिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ फाल्गुन ११, आईतवार १५:३५पोखरामा हालसम्मकै ठूलो कोटिहोम श्री गण्डकी कोटिहोम महायज्ञ हुदै
कला, विचार/मनोरञ्जन२०८१ माघ २४, बिहीबार २०:४७सुप्रसिद्ध गीतकार हरिहर खनिया सम्मानित
समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न