बिर्सिने रोग युवा उमेर मै लाग्नुका ७ कारण

डिमेन्सिया एक ल्याटिन शब्द हो । जुन डिमेन्सबाट बन्छ । नेपालीमा जसको अर्थ दिमाग अस्थिर रहनु हुन्छ। डिमेन्सिया बिर्सिने रोगका रुपमा परिचित छ। जब हाम्रो मस्तिष्कको मेमोरी सेन्टर कमजोर हुन थाल्छ। जसले गर्दा दैनिक कार्य पनि भुल्न थालिन्छ। साथै निर्णय लिने क्षमतामा पनि कमी आउन थाल्छ। डिमेन्सिया विभिन्न प्रकार हुन्छन्। जस्तै भाष्स्कुलर डिमेन्सिया, अल्जाइमर्स, फ्रन्टोटेम्पोरल डिमेन्सिया, लेभी डिजीज आदि।
हामी सवै कतिपय अवस्थामा बिर्सिन्छौं । कहिले कसैको नाम र कहिले कुनै सामान कहीँ राखेर भुल्छौं । केही समयपछि याद आउँछ। यो भने डिमेन्सियाको लक्षण होइन। ल्याक अफ अटेन्सन अर्थात् एकाग्रताको कमीका कारण यस्तो हुन्छ। सामान्यतया उमेर बढ्दै जाँदा हुने यो समस्या अहिले युवावयमै पनि हुने गरेको पाइन्छ।
डिमेन्सियाका ७ कारण
एक्सेटर र मास्ट्रिच युनिभर्सिटीले युवामै हुनुको कारण पत्ता लगाएको छ। अध्ययनमा ६५ भन्दा कम उमेरका साढे ३ लाख मानिस सामेल गरिएका थिए। उनीहरुमाथि गरिएको अध्ययनले ७ मुख्य कारण पत्ता लागेका हुन्।
स्ट्रोक- स्ट्रोकका कारण दिमागमा ब्लड लेभलमा कमी वा दिमागभित्र रक्तश्राव हुन सक्छ। यसले दिमागको न्युरोलोजिकल फङसनमा हानी पुर्याउँछ । त्यसबाट डिमेन्सियाको खतरा बढ्दै जान्छ।
डाइबिटिज– मोडर्न साइन्मा अल्जाइमर्सको टाइप-३ डायबिटिजको नाम दिइएको छ। अनियन्त्रित ब्लड सुगरको सवैभन्दा धेरै असर ब्रेन न्युरोन्समाथि पर्छ। स्मृति कमजोर हुन थालेछ । त्यसैले डायबिटिज नियन्त्रणमा राख्न जरुरी हुन्छ।
भिटामिन डीको कमी – भिटामिनको मुख्य स्रोत घाम हो। भिटामिन डी नपाउँदा अक्सिडेटिभ तनाव बढ्छ, जसले दिमागले आरामको महशुस गर्न सक्दैन।
सामाजिक एकांकी- जो समाजसँग घुलमिल हुँदैनन् । उनीहरुको दिमागमा आफ्नै र आफ्नाहरुका बारेमा अनेकथरी विचार उत्पन्न हुन्छन्। जसले दिमागमा अवसाद उत्पन्न हुने सम्भावना बढ्छ। कोरोना महामरीको समयमा गरिएको आइसोलेसनको असर दिमागमाथि परेको पाइएको छ। एक्लोपनाको शिकार भएकाहरुको दिमाग तीव्र रुपमा कमजोर हुने गरेको पाइएको छ।
मदिराको अत्याधिक सेवन – अत्याधिक मदिराको सेवनबाट दिमागको न्युरोन्सको सक्रिया कम हुन्छ। जसले बोल्ने, सोच्ने र कुरालाई याद राख्ने क्षमतामा कमी ल्याउँछ र तीव्र रुपमा मुड सुइङ हुन्छ। यस्तो अवस्थामा डिमेन्सियाको खतरा पनि बढ्छ।
मुटुसँग सम्बन्धित समस्या – जो मानिससँग मुटुसँग जोडिएका रोग हुन्छन्, उनीहरुमा डिमेन्सियाको खतरा अधिक हुन्छ । किनकि दिमागको रक्त बाहिनीमा रगत जम्ने वा रक्तस्राव हुने सम्भावना बढी हुन्छ।
तनाव – जब हामी कुनै कुरामा धेरै तनाव लिछु । त्यतिबेला ‘कोर्टिसोल’ नामक एक स्ट्रेस हर्मोन रिलिज हुन्छ। कोर्टिसोल मेमोरीमाथि सिधा असर पार्छ। यस्तोमा ज्यादा तनावले डिमेन्सियाको जोखिम बढाउन सक्छ।
एजेन्सीहरुको सहयोगमा
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १८, शनिबार ०७:४०मुस्ताङको दिगो पर्यटन र वातावरण संरक्षणमा ‘एक्याप’: पूर्वाधार निर्माणदेखि वन्यजन्तुमैत्री खेतीसम्मका योजना
समाचार२०८२ माघ १७, शुक्रबार १४:०१मुस्ताङमा एक्यापको अर्धवार्षिक प्रगति समीक्षा: हिउँ चितुवा व्यवस्थापन र पर्यटक वृद्धिलाई प्राथमिकता
समाचार२०८२ माघ १५, बुधबार १०:१८ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा
समाचार२०८२ माघ १४, मंगलवार १९:४१टोकनचौरमा कृषि क्रान्ति: अनुसन्धान केन्द्रको प्रविधिले फेरिँदै मगर बस्तीको मुहार








