गोरखाको बिश्वेश्वर मन्दिर पुनर्निर्माणमा लापरवाही, बुट्टा भएको टुँडाल गायव

गोरखाको बिश्वेश्वर मन्दिर पुनर्निर्माणमा लापरवाही, बुट्टा भएको टुँडाल गायव

गोरखा – पालुङटार नगरपालिका–१० मिरकोटको लाजिकोटस्थित बिशेश्वर महादेव मन्दिर पुनर्निर्माणमा लापरवाही भएको पाइएको छ । करिव चार सय बर्ष पुरानो उक्त मन्दिर पुनर्निर्माण गर्दा ऐतिहासिक स्वरुप र संरचना परिवर्तन भएको भन्दै स्थानीयले असन्तुष्टी जनाएका छन् ।

यसअघि मन्दिरको ऐतिहासिक बुट्टा भएको टुँडाल समेत गायव बनाइएको मन्दिरका पुजारी छविलाल गिरीले बताउनुभयो । पुननिर्माणको क्रममा मन्दिरको ऐतिहासिक स्वरुप नै गुमेको भन्दै उहाले चिन्ता समेत व्यक्त गर्नुभयो ।

मन्दिरमाथि झिँगटी छाउँदा चार कुनामा कुखुराको भाले आकारको संरचना बनाएको प्रति पनि स्थानीयले असन्तुष्टी जनाएका छन् । बिश्वेश्वर महादेवलाई भालेश्वर बनाएको भन्दै स्थानीय हरिमाया थापाले भोग नदिने ठाउँमा किन कुखुराको भाले बनाएको भन्दै प्रश्न गर्नुभयो । पुनर्निर्माण हुनुअघि यस्तो संरचना नरहेको भन्दै उनले थपिएको उक्त संरचनाले मन्दिरको स्वरुप नै बिग्रिएको बताउनुभयो ।

यता वडाध्यक्ष रिखिराज धौरालीले पनि सो कुरामा सहमत जनाउँदै मन्दिर पुनर्निर्माणमा लापरवाही भएको बताउनुभयो । मन्दिर पुनर्निर्माणको क्रममा चुना सुर्की कम, माटो बढी प्रयोग भएको उहाले जानकारी दिनुभयो । पुराना काम नलाग्ने झिंगटी समेत प्रयोग गरेकाले बिरोध स्वरुप काम पनि रोकिदिएको उहाले बताउनुभयो ।

२०७२ सालको भूकम्पले क्षति पुगेको उक्त मन्दिर गोरखा संग्रहालयले हेर्ने गरी २०७८ साल असार १३ गते ठेक्का सम्झौता भएर काम अघि बढेको हो । तत्कालिन समयका गोरखा संग्रहालय प्रमुख नवराज अधिकारीले पुननिर्माणको जिम्मा छायाश्वरी न्यू केपी जेभीले पाएको बताउनुभयो । उक्त मन्दिर पुननिर्माणका लागी ९० लाख रकम विनियोजन भएको थियो ।

करिव डेढ बर्षमा पुरानौ स्वरुप र शैलीमा उक्त मन्दिर पुननिर्माण भएको उहाले जानकारी दिनुभयो । यसअघि मन्दिरको बुट्टा भएका टुँडालहरु हटाएर किन सादा टुँडाल राखियो भन्ने प्रश्नको उत्तर दिदै उहाले भूकम्पअघि स्थानीय आफैले मन्दिर मर्मत गर्दा टुँडाल काटेर सानो बनाएकाले फिट नभएको बताउनुभयो । उक्त टुँडालहरुलाई आवश्यक ट्रिटमेन्ट सहित पुरानै बुट्टा भरेर प्रतिस्थापन गदै लाने योजना सहति सम्बन्धित वडा कार्यालयको सिफारिसमा पुरातत्व बिभागको निर्णय गराइरु गोरखा संग्रहालय परिसरमा राखिएको उहाले जानकारी दिनुभयो । कुखुरा भाले बनाएको बिषयलाई सामान्य रुपमा लिदै उहाले पुननिर्माण हुनुअघि पनि त्यहाँ भालेको जस्तै संरचना रहेको दावी गर्नुभयो । तर स्थानीयले भने यसअघिको संरचनामा कुखुराको भाले नरहेको बताउँदै आएका छन् ।

यो पनि पढ्नुहोस् :  नेपाल पत्रकार महासंघ कास्कीको १८ औं साधारण सभा,गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार शर्मा सम्मानित

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   1   =