५ सय करोड कमाएको सिनेमाकी हिरोइनको सिनेमालाई ५ करोड कटाउन धौ धौ

धेरैलाई आश्चर्यमा पार्दै ५ सय करोड भारु कमाइ गरेको सिनेमाकी मुख्य अभिनेत्री अदा शर्माको पछिल्लो रिलिज भने वक्सअफिसमा संघर्षरतः बनेको छ।
उनी अभिनित पछिल्लो रिलिज ‘द केरल स्टोरी’ले वक्सअफिसमा ५ सय करोड भारु कमाइ गरेको थियो भने हालै रिलिज भएको ‘बस्तरः द नक्सल स्टोरी’ले रिलिजको चौथो दिन आइपुग्दा केवल दुई करोड २५ लाख रुपैयाँ मात्र कमाइ गरेको छ।
विपुल अमृतलाल शाह निर्मित सिनेमालाई सुदीप्तो सेनले निर्देशन गरेका हुन्।
उनीहरुले एकसाथ ‘द केरल स्टोरी’मा काम गरेका थिए।

सिनेमाले रिलिजको पहिलो दिन ४० लाख कमाइ गर्दा दोश्रो दिन शनिबार ७५ लाख कमाइ गर्यो भने तेश्रो दिन आइतबार सिनेमाको कमाइ ७५ लाख छ। यस्तै सिनेमाले सोमबाट चौथो दिन २५ कमाइ गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
पछिल्लो समय भारतमा चर्किएको राष्ट्रवादको लहरले सिनेमाले रामर। दर्शक पाउने अनुमान गरिएको थियो। भारतमा छत्तिसगढ लगायतका राज्यमा जारी माओवादी विद्रोहलाई आतंकवादी क्रियाकलाप अन्तरगत राखिने गरेको छ।
सिनेमालाई दर्शक तथा समीक्षक दुबैले अस्वीकार गरेका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २३, शुक्रबार १२:२१६८ प्रतिशत नेपालीलाई आवासीय अवस्था जीवनको सबैभन्दा ठूलो तनावको स्रोत
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:४०नेपालकी प्राची तोमर ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअप
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:१३पल मलिकासँगै रातो टीका लाउदा क्या दामी देखियो सामूहिक डान्स
समाचार२०८३ आश्विन २२, बिहीबार २१:१०जग्गा हदबन्दीको समस्या समाधानका लागि पहल









