ट्रेलरमा ‘डिग्री माइला’ : मरिच दयाले दिन्छन् मनोरञ्जन

रामबाबु गुरुङ निर्देशित ‘डिग्री माईला’को ट्रेलर सार्वजनिक भएको छ।
शुक्रबार एक कार्यक्रमकाबीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो। झण्डै तीन मिनेट लामो ट्रेलरमा अंग्रेजी शिक्षक नहुँदा झण्डै खारेजीको संघारमा रहेको एउटा क्याम्पस जोगाउन सक्ने एक मात्र पात्रका रुपमा दयाहाङलाई प्रस्तुत गरिएको छ। तर दयाले यी अपेक्षालाई उपेक्षा गरेको ट्रेलरमा देखाइएको छ।
सिनेमाको ट्रेलर क्याम्पसको मान्यता जोगाउन क्याम्पस व्यवस्थापनको जोडबल र मरिच झैं पिरा स्वाभावमा उभिएका दयाको नोकझोकलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ।
सार्वजनिक ट्रेलरले वर्षको अन्तिममा रिलिज हुन लागेको यो सिनेमाले नेपाली सिनेउद्योगलाई सुखद् समापन दिने संकेत गरेको छ।दर्शक हसाउँने संवाद ट्रेलरमा सुन्न सकिन्छ भने क्यामरा फ्रेमिङ यसपटक रामबाबुको सिनेमा धेरै राम्रो देखिएको छ। क्यामराको कामले सिनेम्याटिक फिल दिन्छ।
दयाहाङको केन्द्रीय भूमिकामा रहेका सिनेमामा अभिनेत्री आँचल शर्मा उनको प्रेमीका बनेकी छिन्।
दयाहाङले निर्देशन गरेको सोही नामको नाटकमा यो सिनेमा आधारित रहेको छ। सिनेमाले वेरोजगारीको कथालाई सिनेमामा पस्किनेछ।
सिनेमालाई बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको हो ।
दयाहाङ र आँचलका अलवा सिनेमामा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय गर्नेछ ।
यस्तै अभिनेत्री ऋचा शर्मालाई विशेष भूमिकामा देख्न सकिनेछ।
‘किन चाउरिस मरिच आफ्नै रागले‘ भन्ने चर्चित नेपाली उखानलाई सिनेमाले आफ्नो ट्यागलाइन बनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:४०नेपालकी प्राची तोमर ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअप
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:१३पल मलिकासँगै रातो टीका लाउदा क्या दामी देखियो सामूहिक डान्स
समाचार२०८३ आश्विन २२, बिहीबार २१:१०जग्गा हदबन्दीको समस्या समाधानका लागि पहल
समाचार२०८३ आश्विन २२, बिहीबार १८:४८पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट









