अजित घिसिङ र अनु चौधरीको ‘वाचा’ (भिडियो)

काठमाडौं। नेपाली साङ्गीतिक क्षेत्रमा बहुआयामीक व्यक्तित्वको छवि बनाउन सफल संगीतकर्मी अजित घिसिङ तामाङले केही दिनअघि सार्वजनिक गरेको आफ्नो नयाँ यूगल गीत ‘वाचा’ मार्फत दर्शक तथा स्रोताको मन जित्न सफल भएको छ । गायक, गीतकार, संगीतकार, संगीत संयोजक तथा म्युजिक भिडियो निर्देशकको रुपमा स्थापित भएका संगीतकर्मी घिसिङको केही दिनअघि सार्वजनिक भएको यो नयाँ गीतले छोटो समयमै दर्शक तथा स्रोताको मन जित्न सफल भएको हो ।
प्रस्तुत गीतमा पनि संगीतकर्मी घिसिङकै शब्द, संगीत तथा संगीत संयोजन सुन्न सकिन्छ । गायक घिसिङले यसअघि धेरैले धेरै माया, ताली, झ्वाइँ खट्टे (प्रमोद श्रेष्ठ र अजित घिसिङ तामाङ), पञ्चै बाजा, नाच्यो चरी (सेलो गीत), आँखा चिम्लि हेर (उषा पाख्रिन र अजित घिसिङ तामाङ), सुटुक्कै (रचना रिमाल र अजित घिसिङ, शब्द रमेश अधिकारी) आदि गीतहरु सार्वजनिक भएका छन् ।
यो गीतको म्युजिक भिडियोलाई निर्देशक विभोर पोखरेलले तयार पारेका हुन् । विशाल थापाको छायांकन तथा नहकुल खड्काको सम्पादन रहेको यो गीतको भिडियोमा विजय कार्की तथा अनिमा विश्वकर्माले अभिनय गरेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:४०नेपालकी प्राची तोमर ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअप
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:१३पल मलिकासँगै रातो टीका लाउदा क्या दामी देखियो सामूहिक डान्स
समाचार२०८३ आश्विन २२, बिहीबार २१:१०जग्गा हदबन्दीको समस्या समाधानका लागि पहल
समाचार२०८३ आश्विन २२, बिहीबार १८:४८पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट









