शंकर श्रेष्ठको प्रेममा कुसुम (भिडियो)

काठमाडौँ। गायक शंकर श्रेष्ठको स्वरमा रहेको नयाँ गीत ‘प्रेम त’ सार्वजनिक गरिएको छ। प्रेमिल गीतमा शब्द रचना गायक शंकर श्रेष्ठकै रहेको छ भने संगीत देवराज न्यौपानेको रहेको छ। क्रिएटिभ आवर प्रोडक्सनले निर्माण गरेको भिडियोमा शंकर श्रेष्ठ,कुसुम शर्मा,सुजा पौडेल,दिलिप योङहाङ,हिमा थापा,धन प्रसाद श्रेष्ठ,कौशिला श्रेष्ठ,स्मृति श्रेष्ठको अभिनय रहेको छ।
नगेन्द्र नेपालको निर्देशनमा बनेको भिडियोको छायांकन खगेन्द्र पन्धक लिम्बुले गरेका हुन् भने सम्पादन रोशन श्रेष्ठले र कलर दिन्सन शाहले गरेका छन्। योगेश कोइरालाले भिडियोमा सह निर्देशनको कार्य गरेका छन्। निर्देशक नेपालले भिडियोमा राम्रो कथा बुनेका छन्। गीत अनुसार भिडियो बनेकोले दर्शक श्रोताले रुचाउनेमा ढुक्क रहेको शंकर श्रेष्ठले बताए। भिडियो क्रिएटिभ आवर प्रोडक्सनको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र २१, आईतवार ११:११‘हनुमान अंश’को दोस्रो भाग बन्ने, पहिलो फिल्मले कमायो १०० करोड
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र २१, आईतवार १०:१२बाँकेमा १६ जनाको डीएनए नमुना संकलन « रिपोर्टर्स नेपाल
खेलकुद२०८३ भाद्र २१, आईतवार ०७:५२नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै
समाचार२०८३ भाद्र २१, आईतवार ०६:३९बाढीपीडितको उद्धार तथा राहतका लागि नेपाल गजल प्रतिष्ठानद्वारा एक लाख १५ हजार रुपैयाँ सहयोग









