‘रामायण’ का लागि शाकाहारी बने रणवीर

एजेन्सी । बलिउड निर्देशक नितेश तिवारीको निर्देशनमा बन्न लागेको फिल्म ‘रामायण’मा अभिनेता रणवीर कपूर श्री रामको चरित्रमा देखिँदै छन् । यो फिल्मलाई लिएर फ्यानमाझ जबरजस्त क्रेज बनेको छ । फिल्मकै लागि रणवीरले अहिले विशेष किसिमको तालिमसँगै विभिन्न तयारी गरिरहेका छन् ।
यहीबिचमा रणवीरको एक तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । तस्बिरमा उनलाई ‘हेडस्टेण्ड’ गरिरहेको देख्न सकिन्छ । यो अभ्यासमा शीरको सहारामा शरीरलाई ठाडो बनाइन्छ । रणवीरले यस्तो अभ्यास पहिलो पटक गरेका छन् । तस्बिर उनको ट्रेनरले सामाजिक सञ्जालमा शेयर गरेका छन् । जहाँ रणवीर कालो सर्ट र फूल स्लीब्स टीसर्ट लगाएका छन् ।
फिल्मका लागि नितेशले डिक्सन (बोल्ने लवज) र संवादको विभाग नै बनाएका छन् । कलाकारका लागि पहिरनको काम पनि द्रुत गतिमा भइरहेको छ । हरेक चरित्रका लागि पहिरन निर्माणको काम भइरहेको छ । रणवीरले घण्टौँसम्म संवादको रिहर्सल सुरु गरिसकेका छन् ।
रणवीरले चरित्रकै लागि आफ्नो खानाको सेड्युल फेरिसकेका छन् । उनले मांसाहारी खाना छोडेर शाकाहारी खाना सुरु गरिसकेका छन् । भगवान् श्रीरामको जस्तै शुद्ध र पवित्र अनुभव गर्नका लागि रात्रिकालीन पार्टीमा जाने छैनन् ।
फिल्मको सुटिङ आगामी वर्षबाट सुरु हुनेछ । फिल्ममा साई पल्लवीले सीताको भूमिका निभाउनेछिन् भने यशले रावण र सनी देओलले हनुमान चरित्र निभाउनेछन् । अमिताभ बच्चन भने दशरथ भूमिकामा हुनेछन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ बैशाख १, सोमबार २१:०९मार्गदर्शन एकेडेमीले गर्यो नयाँ वर्षकाे दिन शुभकामना आदानप्रदान
समाचार२०८१ चैत्र २४, सोमबार १८:२९पञ्चकोशी आधारभूत विद्यालयको ५३औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न
समाचार२०८१ चैत्र १३, बिहीबार १८:१४सिद्धबाराह तपोवन सन्यास आश्रममा गायत्री पुरश्चरण तथा विशेष धार्मिक कार्यक्रम आयोजना हुँदै
समाचार२०८१ चैत्र १२, बुधबार १९:४३संस्कृत युवा मञ्चद्वारा सत्सङ्ग तथा दिवा खाजा वितरण