गण्डकी कोटिहोम महायज्ञ सबै मिलेर सफल पारौंः वडा अध्यक्ष दिवशमान प्रधानाङ्गा

गण्डकी कोटिहोम महायज्ञ सबै मिलेर सफल पारौंः वडा अध्यक्ष दिवशमान प्रधानाङ्गा
पोखरा महानगरपालिका वडा नं। १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को पूर्वसन्ध्यामा आयोजित श्रीमद्भागवत कथा प्रवचनको कार्यक्रममा अहिले स्थानिय भक्तजन लगायत अन्य साधुसन्त र स्थानिय लब्धप्रतिष्ठित संगै राजनेताहरुको उपस्थिती बड्दै गएको छ ।
यसैविच सनिवार देवी प्रतिभाले कथा प्रवचन सुरु गरेको पहिलो दिन प्रमुख अतिथीको रुपमा पोखरा महानगरपलिका वाड नं। २ का वडा अध्यक्ष दिवशमान प्रधानाङ्गाको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागी भएका वडा अध्यक्ष दिवशमान प्रधानाङ्गाले पोखराको कोटिहोम महायज्ञ उपयुक्त स्थानमा सञ्चालन भएको बताएका छन् । त्यस्तै यस प्रकारको धार्मिक अनुष्ठानले पोखराबासीको पहिचानलाई थप बलियो बनाएको उनको भनाई रहेको थियो ।
“ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ सुन्दर नगरी,जनसंख्या लगायतको हिसावले उपयुक्त रहेको स्थानमा सञ्चालन भएको छ । यो सफल बनाउन हामी सबै नेपालीको कर्तव्य हो,अझ पोखराबासी तपाई हामी सबैको त महत्वपूर्ण जिम्मेबारी हो । ” अध्यक्ष दिवशमान प्रधानाङ्गाले थपे – “पोखरा आफै पर्यटकिय नगरी हो,यसलाई विश्वव्यापी बनाउन र पर्यटन बर्ष सफल पार्नको लागि अत्यन्तै महत्वपूर्ण भूमीका खेल्ने छ । ”
सनिवार देवी प्रतिभा जी ,आचार्य शिततल कृष्ण महाराज लगायतको कथा प्रवचन गरेका थिए ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १६, बुधबार १५:४९शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य सामुहिक पहल कार्यक्रमा अध्यक्ष श्री चन्द्र प्रसाद ढकालज्यूको मन्तव्य
समाचार२०८२ पुष १३, आईतवार १३:२५हाम्रो जस्तो नेपालमा यति धेरै सञ्चार माध्यम आवश्यक होकी होइन समिक्षा गर्नुपर्ने बताए सञ्चार मन्त्री खरेल
समाचार२०८२ पुष ७, सोमबार १२:०८ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने
समाचार२०८२ मंसिर २६, बिहीबार १३:५१दौत्य सम्बन्ध स्थापनाको ५० बर्षका अवसरमा नेपाल र भियतनामका व्यवसायी बीच आर्थिक सन्बन्ध विस्तारमा छलफल, महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने








