पहिलो नेपाली एनिमेटेड फिल्म ‘सलिना’को ट्रेलर सार्वजनिक

काठमाडौंँ । फिल्म ‘सलिना’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मको कथा केही बुझाउने गरेर एनिमेटेड पात्रहरुलाई प्रस्तुत गरिएको छ । फिल्म अगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउदैछ ।
सलीना रेनमेकर एनिमेसन एकेडेमीद्वारा निर्मित काल्पनिक कथामा बनेको एनिमेसन प्रविधिबाट तयार पारिएको यो फिल्मको सम्पुर्ण एनिमेसन कार्य नेपालमै गरिएको हो । त्यसैले यसलाई नेपालमा निर्माण भएको पहिलो एनिमेटेड फिचर फिल्म बताइन्छ । फिल्मका निर्देशक तेजस राज जोशी हुन् । फिल्म निर्देक जोशी र श्रुति श्रेष्ठले निर्माण गरेका हुन् । शिव पुरी र श्रुति श्रेष्ठको संयुक्त सम्पादन फिल्ममा छ ।
सगिन महर्जन, अविनाश सिंह थारु र शिरभा मानन्धरको ग्राफिक रहेको फिल्ममा पाश्र्व स्वर शुशिल नेपाल, अदिति ज्ञवाली, बेनिशा खतिवडा, एज्मी कुइंकेल, झरना राई, देव न्यौपाने, शिव पुरी, युबिन पुजारी, जुना थापा, कुमार न्यौपाने, प्रकाश अधिकारी, रोशन भट्ट, सगिन महर्जन, अविनाश सिंह थारु, शिरभा मानन्धर, बिराज खड्का, लजना श्रेष्ठ, श्रुति श्रेष्ठ, सुदिष्णा श्रेष्ठ, सुनिना शाक्य र कृष्मा राजकर्णिकार रहेका छन् । फिल्म विभिन्न एनिमेटेट पात्रहरुसँगको अन्तर्वार्ता चर्चित संचारकर्मीहरु सुरेश पौडेल, शुशिल नेपाल, राज श्रेष्ठलगायतले लिएका छन् ।
‘सलिना’को कथा दत्य कथाको जस्तै राजकुमारी हो । असाधारण उदेश्यले जन्म भएको राजकुमारी अन्यपात्रसँग मिलेर सबैभन्दा ठूलो राक्षसनीलाई हराउने अभियानको यात्रा सुरु गर्छिन् र यसैको सेरोफेरोमा फिल्मको कथा आगाडी बढेको छ ।
फिल्म प्रदर्शनका लागि सेन्सर वोर्डबाटबाट सेन्सर समेत भएको छ । सेन्सरबोर्डबाट फिल्मले यू सर्टिफिकेट पाएको छ । नेपाली भाषामा फिल्म निर्माण थालिएको ६ दशकमा बल्ल पहिलो एनिमेटेड फिल्म बनेको हो ।
फिल्म विशेष गरेर बालबालिका लक्षित भएपनि सर्बैका लागि उपयुक्त रहेको निर्देशक तेजस राज जोशीले बताए । ‘यो फिल्म निर्माणका लागि ६ बर्ष लागेको छ’, जोशीले भने ‘फिल्म अन्तराष्ट्रिय स्तरको बनेको छ ।’ जोशीले सबैलाई फिल्म हेरेर प्रतिक्रिया दिन समेत अनुरोध गरेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २०, शनिबार १८:१४कमल एक्चै मगरको ‘बाछिटा’ले जित्यो नगद एक लाख पचास हजार
कला, विचार/मनोरञ्जन२०८३ असार २०, शनिबार १०:४५तिहारमा आउँदै ‘जिरो डिग्री’, रिलिज मिति परिवर्तन नहुने निर्माण पक्षको स्पष्टोक्ति
समाचार२०८३ असार २०, शनिबार १०:३२गण्डकी प्रदेश स्तरीय बीमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, मदरल्याण्ड मावि प्रथम
खेलकुद२०८३ असार २०, शनिबार १०:३०कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश









