‘महाजात्रा’ टिमको नयाँ सिनेमा ८२ सालको दशैंमा, अरु को-को थपिएलान्

हाल हलमा प्रदर्शनरत ‘महाजात्रा’ निर्माण गरेको षट्कोण आर्टस्ले आफ्नो आगामी सिनेमा वि.सं २०८२ सालको दशैंमा रिलिज गर्ने घोषणा गरेको छ।
‘महाजात्रा’मा समाविष्ट ‘साथी’ बोलको गीत सार्वजनिक गर्दै सोको जानकारी दिएका हुन्।
सार्वजनिक गीतको भिडियोको अन्तिममा उनीहहरु आफ्नो नयाँ सिनेमा डेढ बर्षपछि रिलिज गर्ने घोषणा गरेका हुन्।
रिलिज मिति घोषणा गरेपनि उनीहरुले कस्तो सिनेमा बनाउन लागेका हुन्, त्यसको बारेमा भने केही सार्वजनिक गरेका छैनन्।
षट्कोणको यो घोषणासँगै आगामी ३ वर्षका दशैं रिलिज हुने सिनेमाको टुङ्गो लागेको छ।
घोषणा अनुसार आगामी वर्षको दशैंमा ‘छक्का पन्जा ५, बलिदान र बेहुली फ्रम मेघौली’ गरी एकसाथ तीन सिनेमा भिड्दा ०८२ सालको दशैंमा ‘महाजात्रा’ टिमको नयाँ फिल्म र ८३ सालमा निश्चल बस्नेतले ‘दिमाग खराब २’ रिलिज हुनेछ।
पर्याप्त समय बाँकी रहेकाले यी मितिमा अन्य सिनेमा थपिने सम्भावना उच्च रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण २९, शुक्रबार २०:१८जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २९, शुक्रबार १८:०२प्रेम, बाध्यता र धोकाको कथा भन्दै आयो ‘माया भनेकै यस्तो होला’को टिजर
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २९, शुक्रबार १५:०९पल शाहको निर्माणमा ‘यानीमाया’को छायांकन सुरु » Celebrity Nepal
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण २९, शुक्रबार १२:०७सर्पदंश र रेबिविरुद्धको खोप अभाव टर्यो









