पुष्प र प्रशंसासँगै दाङबाट सुरु भयो ‘सिन्दूर’को छायांकन

पुष्प र प्रशंसासँगै दाङबाट सुरु भयो ‘सिन्दूर’को छायांकन


काठमाडौं । कस्तुरी प्रोडक्सनको प्रस्तुति तथा क्लासिक सिने युनिभर्सको सहकार्यमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘सिन्दूर’ को छायांकन सुरु भएको छ। सामाजिक कथावस्तुमा आधारित चलचित्रको छायांकन पश्चिम नेपालको दाङबाट सुरु गरिएको निर्माण पक्षले जनाएको छ।

लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्रमा सञ्जीव सार्कीको लगानी रहनेछ। सुनारको निर्देशनमा यसअघि ‘बुलाकी’ र ‘परालको आगो’ प्रदर्शनमा आइसकेका छन्। चलचित्रका कार्यकारी निर्माता दिनेश सिंह महरा हुन्।

‘सिन्दूर’मा पुष्प खड्का र प्रशंसा रायमाझी मुख्य भूमिकामा देखिँदैछन्। यी दुईको जोडीलाई पहिलोपटक फरक सामाजिक कथामा पर्दामा हेर्न पाइने निर्माण पक्षले जनाएको छ।

संकल भुजेलले छायांकन गर्ने चलचित्रमा प्रशान्त सिवाकोटी, श्रीकृष्ण बम मल्ल र दिनेश ढकालको संगीत रहनेछ। त्यस्तै, प्रकाश हमाल निर्माण प्रमुख, करणबहादुर साउद मुख्य सहायक निर्देशक तथा रामजी लामिछाने नृत्य निर्देशकका रूपमा छन्।

एक महिनाको सेड्यूल बनाएर छायांकन सुरु गरिएको चलचित्रले एक महिलाको जीवनमा सिन्दूरको महत्व र त्यससँग जोडिएको सामाजिक तथा भावनात्मक पक्षलाई कथाको केन्द्रमा राखेको निर्माण पक्षको भनाइ छ।

चलचित्रले नेपाली समाजमा महिलाका लागि सिन्दूरले बोकेको प्रेम, सम्बन्ध, पहिचान र सामाजिक अर्थलाई कथामार्फत प्रस्तुत गर्ने बताइएको छ। दाङको स्थानीय परिवेशबाट सुरु भएको छायांकनसँगै चलचित्रको निर्माण यात्रा औपचारिक रूपमा अघि बढेको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  ‘चंगुल’मा जेन्जी आन्दोलनको कथा, प्रिमियरमा घाइते जेन्जी सम्मानित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   10   =