‘डिग्री माइला’को ट्रेलरलाई मिलियन भ्यूज, अझै ट्रेन्डिङको पहिलो नम्बरमा

वर्षको अन्तिममा रिलिज हुन लागेको ‘डिग्री माइला’ले सुखद व्यापारको संकेत गरेको छ।
५ दिन अगाडि रिलिज भएको सिनेमाले भिडियो संजाल यूट्यूबमा एक मिलियन अर्थात १० लाख भ्यूज कटाएको छ।
यो समाचार पार्दासम्म सिनेमाको ट्रेलरले ११ लाख ४१ हजार २४ भ्यूज पाइसकेको छ। यस्तै करिब साढे १४ सय हाराहारीले ट्रेलरमाथि प्रतिक्रिया दिएका छन्। प्रतिक्रिया दिने अधिकांशले सिनेमाको ट्रेलर मनपरेको र सिनेमा हेर्न उत्सुक रहेको बताएका छन्।
ट्रेलर रिलिज पछि मुभिज विधामा ट्रेन्डिङको पहिलो नम्बरमा पुगेको थियो जुन आज छैटौं दिन आइपुग्दा पनि कायम रहेको छ।
नेपाल ट्रेन्डिङमा दुई दिन अगाडि रिलिज भएको अक्षय कुमार तथा टाइगर श्राख स्टारर ‘बडे मियाँ छोटे मियाँ’ले पछ्याइरहेको छ।
यूट्यूबको यो शैलीले सिनेमाप्रति दर्शकहरु आकर्षित रहेको देखाएको छ।
रामबाबु गुरुङको निर्देशनमा बनेको सिनेमामा अभिनेता दयाहाङ राई र आँचल शर्माले पहिलो पटक जोडी बाँधेका छन्। सिनेमामा उनीहरुलाई प्रेमीप्रेमिकाको रुपमा देख्न सकिन्छ।
सिनेमामा उनीहरुका अलावा विजय बराल, बुद्धि तामाङ, प्रकाश घिमिरे, माओत्से गुरुङ आदिको प्रमूख भूमिका छ।
चर्चित नेपाली आहान ‘किन चाउरिस मरिच आफ्नै रागले’ ट्यागलाइनले सिनेमाले केही फरक कथा प्रस्तुत गर्ने अनुमान गर्न सकिन्छ।
सिनेमा चैत ३० गते रिलिज हुँदैछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २७, मंगलवार १२:०८सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक,निरुता सिंहको फरक लुक्स
समाचार२०८३ आश्विन २७, मंगलवार ०७:२८पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना
समाचार२०८३ आश्विन २७, मंगलवार ०६:३१संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा
समाचार२०८३ आश्विन २६, सोमबार १६:३७बाढी प्रभावितलाई आईएसटी कलेजको सहयोग









