बेइजिङ इन्टरनेशनल फिल्म फेस्टिवलमा दयाको ‘गाँउ आएको बाटो’

काठमाडौँ। नविन सुब्बा निर्देशित ‘गाँउ आएको बाटो’ १२ औं बेइजिङ इन्टरनेशनल फिल्म फेस्टिवलमा छनौट भएको छ। सिनेमा पहिलोपटक टोरोन्टो इन्टरनेश्नल फिल्म फेस्टिवलमा विश्व प्रिमियर भएको थियो। त्यसयता यो सिनेमाले विभिन्न फिल्म महोत्सवहरुमा सहभागिता जनाउने अवसर पाइरहेको छ।
यसअघि प्रतिष्ठित ‘४७ औं गोटेबर्ग अन्तर्राष्ट्रिय सिनेमा महोत्सव २०२४’ स्वीडेनमा छनौट भएको यो सिनेमाको वुसान अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा एशियन प्रिमियर भएको थियो भने मामी मुम्बईमा साउथ एशियन प्रिमियर भइसकेको छ।
गाँउमा सडक पुगेपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरिएको छ । राई जातिको सामाजिक पृष्ठभूमिमा सिनेमाको कथा बुनिएको छ।
यो सिनेमा सामुदायिक लगानीको अवधारणामा निर्माण भएको हो। ‘गाउँ आएको बाटो’मा देशभित्र र विश्वका विभिन्न देशहरूमा छरिएर रहेका नेपालीहरूको सामुहिक लगानी छ ।
छोमोलोङमा प्रोडक्सन र गाँउघर फिल्म प्रडक्सनको सहयोगमा मेन्छ्याम पिक्चर्सको ब्यानरमा निर्माण भएको सिनेमा आगामी वर्ष जेठ १८ गते रिलिज हुँदैछ। नेपाल रिलिजका लागि बाँसुरी फिल्मस्ले संयोजन गरिरहेको छ। ‘गाउँ आएको बाटो’मा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा र प्रेम सुब्बा लगायतका कलाकारले अभिनय रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ७, आईतवार १४:३६चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ७, आईतवार १३:०८महाधिवेशन स्थलमा ‘रास्वपा हेल्थ डेक्स’ सञ्चालन
समाचार२०८३ असार ६, शनिबार २१:३६ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:४८ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान









