गुजरातले दियो नेपाललाई ९९ रनको सामान्य लक्ष्य

त्रिकोणात्मक टी-२० सिरिजमा गुजरातले नेपाललाई ९९ रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको गुजराज १८।२ ओभरमा ९८ रनमा अलआउट भयो ।
गुजरातका लागि ओपनर रुद्र पटेलले २२ बलमा २३ रन जोडे । यस्तै हेमंग पटेलले २३ बल खेलेर २० रन जोडे । अभिषेक देसाइले ११ र स्मीत पटेलले १० रन जोडे । अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।
गुजरातलाई सस्तैमा समेट्न नेपालका गुलशन झाले ४ ओभरमा २२ रन खर्चिदै सर्वाधिक ४ विकेट लिए । यस्तै करन केसीले ३.२ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए ।
यस्तै सोमपाल कामीले ४ ओभरमा १४ रन दिएर १ विकेट लिए । दीपेन्द्र सिंह ऐरी र अविनाश बोहोराले कुनै विकेट लिएनन् ।
एसीसी प्रिमियर कप र ट्वान्टी–२० विश्वकपअघि तयारीका लागि हाल नेपाली टिम भारतमा छ । आजको खेलपछि नेपालले अप्रिल २ मा बरोडासँग, अप्रिल ३ मा गुजरातसँग र अप्रिल ५ मा पुनः बरोडासँग खेल्नेछ । शृंखलाका शीर्ष दुई टिम उपाधिका निम्ति अप्रिल ७ मा भिड्नेछन् । शृंखलाका सबै खेल वापीमै हुनेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १२, शनिबार २०:४०सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुनको सरकारी अपार्टमेन्टमा राखिने
समाचार२०८३ बैशाख १२, शनिबार १९:३४धादिङका १३ स्थानीय तहका उपप्रमुख–उपाध्यक्षद्वारा ‘धुनिवेशी घोषणा–पत्र २०८३ जारी
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १२, शनिबार १८:००तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १२, शनिबार १४:३१‘परालको आगो’ले ओपनिङमै बनायो छाप, पहिलो दिनमै ३७ लाख पार








