प्रदीप शाहीको निर्देशन रहने साइ-फाई जोम्बी थ्रिलर सिनेमाको लाइनअप पूरा

प्रदीप शाहीको निर्देशन रहने साइ-फाई जोम्बी थ्रिलर सिनेमाको लाइनअप पूरा भएको छ।
सिनेमामा ‘प्रेमगीत’ फेम प्रदीप खड्काको साथमा विजय लामा, बेनिशा हमाल, सुनिल थापा एवन राज उप्रेती तथा कविता नेपालीको प्रमुख अभिनय रहने जानकारी निर्माण पक्षले दिएको छ।
यस्तै सिनेमामा अभिनेत्री दिया पुन विशेष भूमिकामा देखिनेछिन्। यसैगरी नृत्य रियालिटी शो ‘बुगी बुगी’को नेपाली संस्करणको प्रथम विजेता कविता नेपालीले यो सिनेमाबाट डेब्यू हुने भएको छ।
अर्को साता नाम घोषणा गर्ने तयारी रहेको यो सिनेमालाई प्रदिप शाहीले निर्देशन गर्नेछन्। सिनेमाको कथा पनि शाहीले नै तयार पारेका हुन् । सिनेमामा विनोद सुवेदी खत्री ‘क्षितिज’ कार्यकारी निर्माताका रुपमा रहनेछन्।
प्रदिपको यो साई-फाई जोम्बी थ्रिलर विधागत हिसाबको पहिलो नेपाली सिनेमाको हो। दुई प्रदिपबिचको यो सहकार्यले नेपाली सिनेमा नयाँ जनराको स्वादले दर्शक बटुल्ने अपेक्षा राखिएको छ।
पछिल्लो समय लगालग सिनेमा साइन गरिरहेका अभिनेता प्रदिपले आफूलाई कलाकारका हिसाबले विविधता दिन लागेको देखिन्छ। ‘प्रकाश’ सिनेमाबाट आफ्नो चक्लेटी छवि छोड्दै भुईंमान्छेको भूमिकामा देखिएका प्रदिपले त्यसयता एकैखाले भन्दा फरक खाले पात्रप्रधान सिनेमाहरुमा ध्यान केन्द्रित गरिरहेका छन्।
यसैगरी निर्देशक प्रदिपले गत वर्ष रिलिज भएको ‘अन्तिम संस्कार’बाट तारिफ बटुले। यो सिनेमा विधागत हिसाबले उनको डेब्यू सिनेमा भन्दा फरक थियो। ‘अन्तिम संस्कार’ बाबुछोराको सम्बन्धमा केन्द्रित सिनेमा थियो भने उनको डेब्यू निर्देशन ‘गोर्खा: बिनिथ द ब्रेभरी’ वार जनरामा बनेको थियो। उनको डेब्यू सिनेमाले अमेजोन प्राइममा राम्रो दर्शक पाउन सफल बनेको थियो।
यसप्रकार निर्देशक र अभिनेताको फरक सिनेमा गर्ने सोचले यो टिमवर्क सम्भव भएको बुझ्न कठिन हुन्न। यो सहकार्यले सफल परिणाम दिने आशा राख्न सकिन्छ। शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने चलचित्रमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहने छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २७, मंगलवार १२:०८सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक,निरुता सिंहको फरक लुक्स
समाचार२०८३ आश्विन २७, मंगलवार ०७:२८पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना
समाचार२०८३ आश्विन २७, मंगलवार ०६:३१संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा
समाचार२०८३ आश्विन २६, सोमबार १६:३७बाढी प्रभावितलाई आईएसटी कलेजको सहयोग









