प्रदर्शन मिति नजिकदैं गर्दा ‘दान्भी’ अभिनेत्री पुजालाइ चटारो

काठमाडौँ। पुजा शर्माको मुख्य भूमिका रहेको सिनेमा ‘दान्भी’ को हाल धमाधम गीत र एक्सनको दृश्यको छायांकन भइरहेको छ । काठमाडौंमा छायांकन भइरहेको सिनेमाको सेटबाट अभिनेत्री पूजा शर्माका केही तस्विरहरु सार्वजनिक भएका छन् । जहाँ, पूजाको एक्सन अवतार देख्न सकिन्छ ।
फिल्मको इन्ट्री दृश्यमा गीत र एक्सनलाई मिश्रण गर्ने तयारी गरिएको छ । जसअनुसार, शनिबारदेखि एक्सनको छायांकन भइरहेको हो । केही दिनपछि भने गीतको भाग खिचिने निर्माणपक्षले बताएको छ । यो सिनेमामा पूजा शर्मा, कुन्साङ बोमजोम र किरण श्रेष्ठको मुख्य भूमिका छ । रुपेश तामाङ यो सिनेमाका निर्देशक हुन् । सिनेमामा नवराज शर्माको मुख्य सहायक निर्देशन छ ।
यो सिनेमामा देव मगर र अनुप गडालको लगानी छ । पवन राना मगर फिल्मका कार्यकारी निर्माता हुन् । सिनेमा जेठको १० गतेबाट प्रदर्शनमा आउनेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २७, मंगलवार १२:०८सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक,निरुता सिंहको फरक लुक्स
समाचार२०८३ आश्विन २७, मंगलवार ०७:२८पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना
समाचार२०८३ आश्विन २७, मंगलवार ०६:३१संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा
समाचार२०८३ आश्विन २६, सोमबार १६:३७बाढी प्रभावितलाई आईएसटी कलेजको सहयोग









